१४ किलो सुन तस्करीमा प्रचण्डको पनि मुछियो नाम,गोल्ड डन गोरेका मित प्रचण्डका दाहिना



हाम्रो इकोनोमि

प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो । प्रहरीले जोजोहोङलाई सो घटनाका मुख्य अभियुक्तका रुपमा किटान गरेको छ । सो काण्डमा संलग्न भएको आरोपमा प्रहरीले धनुषाबाट भदौमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चिनियाँ नागरिक जोजोहोङ भने उक्त सुनकाण्डका मुख्य अभियुक्त रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । पक्राउ गरिएलगत्तै उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।

जोजोहोङ प्रायः नेपाल आइरहने र चीनबाट अवैध रुपमा सुन कारोबार गर्ने गरेको प्रहरीले दाबी गरेको छ । उनले नेपालमा राजकुमार पौडेलसँग सम्पर्कमा रहेर सुन कारोबार गर्ने गरेको समेत प्रहरीको दाबी छ । पौडेल सिन्धुपाल्चोकको एउटा गाउपालिकाका अध्यक्ष समेत हुन्। प्रचण्ड संग निकट मानिने उनी ३३ किलो सुन तस्करी गर्ने गोरेका मित समेत भएको श्रोत को भनाइ छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...