प्रधानमन्त्रीको सुशाशनको गफले हावा खायो,ओली र प्रचण्ड मिलेर चोरलाई चाबी दिए पछी भीम रावल आगो



राष्ट्रिय योजना आयोगको सदस्यमा इन्जिनियर सुशील भट्ट नियुक्त भएपछि उनको नियुक्तीलाई लिएर अनेक प्रश्न उठेका छन् ।खासै चर्चामा नआएका र राष्ट्रिय महत्वको कुनै काम नगरेका व्यक्ति अचानक राष्ट्रिय योजना आयोगको सदस्य भएपछि प्रश्न उठेका हुन् । यो विषयमा एमाले र माओवादी केन्द्रभित्रै पनि आन्तरिक विवाद देखिएको छ । यद्यपी औपचारिक रुपमा चाहिँ कोही पनि बोलेका छैनन् ।

एमाले र माओवादी गठनबन्ध सरकारले के आधारमा भट्टलाई नियुक्त गरेको भन्ने स्पष्ट पारेको छैन । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आयोगको उपाध्यक्ष पुष्प कँडेलसहित अन्य ६ जनालाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले डडेलधूराका भट्टराई योजना आयोगमा नियुक्त गरेसँगै यसविरुद्ध एमाले नेता भीम रावल र माओवादी केन्द्रका नेता लेखराज भट्ट समेत रुष्ट भएको स्रोतले बतायो ।

‘पार्टीमा एथेष्ठ विज्ञ व्यक्तित्वहरु हुँदाहुँदै पनि निकै जुनियर र गठबन्धनप्रति कुनै साइनोसम्म नभएका भट्टलाई योजना आयोगमा ल्याइएको छ’, ७ नम्बर प्रदेशका एक एमाले नेताले भने, ‘यसमाथि एमाले र माओवादीकै ७ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरु असन्तुष्ट हुनुभएको छ ।’

७ नम्बर प्रदेशबाट योजना आयोगमा प्रतिनिधित्व गराउँदा ७ नम्बर प्रदेशका पार्टी इन्चार्जहरुसँग समेत कुनै छलफल नगरी रहस्यमय ढंगले भट्टको नियुक्ति गरिएको उनको भनाई थियो । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको सद्भावमा भट्टले राष्ट्रिय योजना आयोगको सदस्य बन्ने अवसर पाएका हुन् । उनको राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले नेता वामदेव गौतमसाग समेत निकट सम्बन्ध रहेको बताइएको छ ।

एमाले सांसद शेरबहादुर कुँवरले पार्टीभित्र योग्य व्यक्ति हुँदाहुँदै छलफल नगरी भट्टलाई नियुक्त गरिएको बताए । उनले भने, ‘नियुक्तीको विषयमा हामी सांसदलगायत सात नम्वर प्रदेशका जिम्मेवार नेताहरु कसैसँग पनि छलफल गरिएन । नियुक्तीलाई लिएर हामी नै अचम्मित भएका छौँ ।’

दाइको सम्बन्धले भाईलाई ‘उपहारकोे पद’
राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्ति सुशीलका दाई दीपक भट्ट चाहिँ यो देशमा परिचित र विवादित ठेकेदार मानिन्छन् । दीपक समेतको लबिङको आधारमा सुशील आयोगमा नियुक्त हुन सफल भएको राजनीतिक दलका नेताहरु मान्छन् ।

दीपक को हुन् ? यो जानेपछि मात्रै सुशीलको नियुक्तीको पर्दा खुल्छ
दीपक भट्ट चाइना गेजुवा ग्रुप अफ कम्पनीको नेपाल एजेन्ट हुन् । उनको नेपालका सबै उच्च राजनीतिक नेतृत्वसँग बाक्लो उठबस छ ।

उनले बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिलाउन राजनीतिक तथा प्रशासनिक चलखेल गरेको आरोप लागेको छ । बुढीगण्डकी परियोजना अहिले पनि विवादमै छ ।

यसबाहेक चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माणधीन माथिल्लो त्रिशुली थ्री एलाई ६० मेगावटवाट ९० बनाउन चलखेल गरेको दीपकमाथि आरोप छ । यो आयोजना पनि चिनियाँ कम्पनीले जिम्मा छ ।

यसबाहेक दीपक भट्टले तत्कालीन उर्जा मन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्न पनि भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।

सोलु करिडोर १३२ केभी प्रशारण लाइनको ठेक्का आफु स्थानीय एजेन्ट रहेको ‘ज्यागुर’ कम्पनीले नपाएपछि दीपकले तत्कालीन अख्तियार प्रमुख लोकमान सिंहकार्कीसँग मिलेर उर्जामन्त्री ज्ञवाली विरुद्ध लागे । पछि तत्कालीन प्रधानमन्त्रीले यही प्रकरणमा ज्ञवालीलाई बर्खास्त गरे ।

दीपक चिनियाँ एक एयरलाइन्स कम्पनीका नेपालका लागि जीएसए (जनरल सेल्स एजेन्ट) पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९