विजयलाई उपसभापति बनाउन देउवालाई दबाब दिएको चाल पाए पछी निधीले रामचन्द्रको सातो लिए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकले महासमिति बैठकको मिति तय गर्ने भएको छ।

निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा बोल्ने क्रम ढिलोमा शुक्रबार सकिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

दशौं दिनको बैठकमा विमलेन्द्र निधि, विश्व प्रकाश शर्मा , महेश आचार्यले र शंकर भण्डारी बोलीसकेका छन्।

पहिलो वक्ताको रूपमा बोल्दै निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका थिए । करिब एक घण्टा बोलेका निधिले पार्टीको आन्तरिक विषयलाई बैठकमा नराखेर बाहिर राखेको भन्दै पौडेलको आलोचना गरेका थिए। निर्वाचन पराजयमा पौडेल पनि दोषी रहेको उनले बताए। निधी त्यसरी पौडेल बिरुद्द खनिनुको मुख्य कारण उनले विजय गच्छेदारलाई उपसभापति बनाउनु पर्छ भन्दै देउवालाई उकसेको र आफुलाई रोक्न चालबाजी गरेको गरेको भन्दै पौडेल बिरुद्द खनिएका हुन्।

बैठकमा प्रवक्ता शर्माले पनि बोलेका थिए। लिखित प्रस्ताव राखेका शर्माले महासमितिदेखि महाधिवेशनसम्म पार्टीले गर्नुपर्ने कार्यका विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...