विजयलाई उपसभापति बनाउन देउवालाई दबाब दिएको चाल पाए पछी निधीले रामचन्द्रको सातो लिए



हाम्रो इकोनोमि

नेपाली कांग्रेसको जारी केन्द्रिय समितिको बैठकले महासमिति बैठकको मिति तय गर्ने भएको छ।

निर्वाचन समीक्षाका लागि चलिरहेको बैठकमा बोल्ने क्रम ढिलोमा शुक्रबार सकिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

दशौं दिनको बैठकमा विमलेन्द्र निधि, विश्व प्रकाश शर्मा , महेश आचार्यले र शंकर भण्डारी बोलीसकेका छन्।

पहिलो वक्ताको रूपमा बोल्दै निधिले वरिष्ठ नेता रामचन्द्र पौडेलको आलोचना गरेका थिए । करिब एक घण्टा बोलेका निधिले पार्टीको आन्तरिक विषयलाई बैठकमा नराखेर बाहिर राखेको भन्दै पौडेलको आलोचना गरेका थिए। निर्वाचन पराजयमा पौडेल पनि दोषी रहेको उनले बताए। निधी त्यसरी पौडेल बिरुद्द खनिनुको मुख्य कारण उनले विजय गच्छेदारलाई उपसभापति बनाउनु पर्छ भन्दै देउवालाई उकसेको र आफुलाई रोक्न चालबाजी गरेको गरेको भन्दै पौडेल बिरुद्द खनिएका हुन्।

बैठकमा प्रवक्ता शर्माले पनि बोलेका थिए। लिखित प्रस्ताव राखेका शर्माले महासमितिदेखि महाधिवेशनसम्म पार्टीले गर्नुपर्ने कार्यका विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...