‘रिल्याक्स’ गर्न मन छैन र गर्दिन भन्दै प्रचण्डले भने- चीनले चितवनमा पैसा ओछ्याईदिने भनेको छ,अब केही हुन्छ



पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन्।

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार चितवनमा आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने बताए।

‘यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्छ’, उनले भने, सिंगो देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिन्छ।’

चितवन क्षेत्र नं ३ का सांसदसमेत रहेका अध्यक्ष प्रचण्डले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताए। ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ’, उनले भने।

जुन ठाउँ जसरी रहेको छ त्यो सबैलाई हेरेर एकीकृत रुपमा विकास योजना बनाइने भन्दै उनले यस विषयमा केन्द्रमा पनि छलफल भइरहेको बताए। नेता, बुद्धिजीवीलगायतसँग यस क्षेत्रको विकासको विषयमा छलफल चलिरहेको भन्दै उनले भने, ‘एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन्। अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन्। त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ।’

यी क्षेत्रको आफूले भ्रमण गरिरहेको भन्दै उनले भने, ‘हरेक पटक म चितवन आउँदा फरक फरक ठाउँ जान्छु, त्यहाँ रिल्याक्स गर्न गएको होइन, त्यहाँको विकासको सम्भावना हेर्न गएको हुँ।’

जग्गा खण्डीकरण पूर्णरुपमा रोक्नुपर्ने भन्दै अध्यक्ष प्रचण्डले विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली शुरु गरिने बताए। नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको उनले बताए।

चिनियाँ टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउँदै उनले जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको बताए। उनले स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न चिनियाँ टोलीले प्रस्ताव गरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो।’

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताए।

अर्को एक प्रसंगमा दाहालले जुन ठाउँमा प्रदेशको राजधानी छ त्यसको नजिकको अर्को शहरमा व्यवस्थापिका–संसद्को कार्यालय हुने गरी छलफल चलिरहेको बताउँदै उनले हेटौँडा राजधानी भइरहँदा त्यो सम्भावना चितवनमा रहेको बताए।

पछिल्लो समय चितवनबाट निर्वाचित भएपछि यस क्षेत्रको विकासमा केन्द्रित भएका प्रचण्डले ३ नम्बर प्रदेशको प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको बताए। यसैगरी, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहने उनले बताए।

निर्वाचनको समयमा आफूले गरेका प्रतिवद्धता पूरा गर्न लागिरहेको भन्दै उनले आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया शुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९