१८ सय रुपियाँ नतिर्दा १८ जना शक्तिशाली मन्त्री संगको सम्पर्कमा पूर्णबिराम,मन्त्री क्वार्टरको गेटको फोन काटियो



हाम्रो इकोनोमि

गृहमन्त्री लगायत १८ जना शक्तिशाली नेताहरुसँग सम्पर्क गर्ने टेलिफोनको लाइन नै शुल्क नतिरेका कारण दुई हप्तादेखि काटिएको छ।
पुल्चोकस्थित मन्त्री क्वार्टरभित्र प्रवेश गर्ने गेटको टेलिफोन लाइन समयमै शुल्क नतिरेका कारण बिगत एक हप्तादेखि काटिएको हो।

५५२१८३९ नम्बरको सो टेलिफोनमा आफूले भेट्न बोलाएका व्यक्तिको नाम सम्बन्धित मन्त्रीको निवासबाट फोन गरेर टिपाइने गरिन्छ।तर महसुल नतिरेका कारण १ हप्ताअघि सो लाइन नेपाल टेलिकमले काटिदिएको छ, जसले गर्दा मन्त्री भेट्न जानेहरुले सास्ती बेहोरेका छन्।

कुनै मन्त्रीसँग भेट्न समय मिलेपछि मन्त्रीको तर्फबाट गेटमा सम्बन्धित व्यक्तिको नाम टिपाइने गरिन्छ। तर टेलिफोन लाइन काटिएका कारण अहिले सम्भव छैन।

त्यसैले सम्बन्धित व्यक्ति गेटमा पुगेर मन्त्री क्वार्टरभित्र कसलाई भेट्न खोजेको हो, त्यसको नम्बरमा डायल गर्छन् र फोन लागेपछि गेटका सुरक्षाकर्मीलाई दिन्छन्।

सुरक्षाकर्मीले आगन्तुकको फोनमार्फत् मन्त्री वा तिनका सहयोगीसँग कुराकानी गरेपछि मात्र भित्र पठाइदिने गरिएको छ।
त्यो नभए बोलाइएको व्यक्तिलाई मन्त्री क्वार्टरबाटै लिन मानिसहरु पठाइने गरिएको छ।
स्रोतका अनुसार, मन्त्री क्वार्टरको नाममा रहेको सो टेलिफोन लाइनको शुल्क जम्मा १ हजार ७ सय ९६ मात्र उठेको छ। त्यही रकम नतिर्दा त्यहाँको फोन लाइन काटिएको हो।

फोनको लाइन काटिएपछिको सास्ती क्वार्टरभित्र बस्ने सबै मन्त्रीहरुले बेहोर्नुपरेको छ।
तर, एक हप्ता बितिसक्दापनि महसुल तिरेर लाइन जोड्ने काम कसैले गरेका छैनन्।

दुई हप्ता बितिसक्दा मन्त्री क्वार्टर प्रवेश द्वारको काटिएको टेलिफोन लाइन समेत जोड्न नसक्ने सरकारको विकास र समृद्धिको गफलाई गिज्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...