मोदी नेपाल आउन १६ दिन बाँकी छदै मोदीका नाममा पुलिसले चेकिङ्गलाई बनायो कडा,यस्तो छ सास्ती



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सरकारले कडा सुरक्षा व्यवस्थाको तयारी गरेको छ। गृह मन्त्रालयको निर्देशन अनुसार राजधानी, जनकपुरलगायतका स्थानमा सुरक्षा व्यवस्था कडा बनाउन लागिएको हो।

बुधवार महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले आफ्ना मातहतका बृत्तलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिएका छन्। सुरक्षा योजना अनुसार आजैबाट नै राजधानीमा सर्च अप्रेसन शुरु गर्ने भएको छ।

शंकास्पद गतिविधिमा लागेका व्यक्तिको निगरानीदेखि जाँचसमेत गर्न आदेश भएको बिफ्रिङमा सहभागी एक प्रहरी अधिकृतले बताए। उनले भने, ‘दिउँसो र राति दुबै समयमा कडा सर्च अभियान र निगरानी गर्ने निर्देशन भएको छ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ। यद्यपि संविधान जारीपछि भने यो उनको पहिलो भ्रमण हुनेछ।

वैशाख २८ गते मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको भारतीय र नेपाली अधिकारीहरुलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। यसअघिको भ्रमणमा मोदीले जनकपुर जाने इच्छा देखाए पनि उनी जान पाएका थिएनन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...