अमेरिकाले ९ हजार भूकम्पपीडित नेपालीलाई दिइएको अस्थायी बसोबासको अनुमति खोसेर यसरी नेपाली लखेट्दैछ



अमेरिकास्थित ‘होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्ट’ (डिएचएस) ले ९ हजार भूकम्पपीडित नेपालीहरुलाई दिएको अस्थायी बसोबासको भिसा रद्द गर्ने तयारी थालेको छ।

होमल्यान्ड सेक्युरिटीका अधिकृत क्रिस्टजेन निएलसेनले नेपालीहरुलाई देश फिर्तीका लागि एक वर्षको समय दिइने बताइन्। उनले भनिन्, ‘अमेरिकामा अस्थायी बसोबास गर्ने भिसा पाएका करिब ९ हजार नेपालीहरु सन् २०१९ जुन २४ सम्म नेपाल फर्किसक्नुपर्नेछ।’

३ वर्षअघि नेपालमा शक्तिशाली भूकम्प गएपछि अमेरिकामा बस्दै आएका नेपालीहरुलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस’ (टिपिएस) मार्फत कानुनी रुपमै थप समयका लागि बस्न दिइएको थियो।

सन् १९९० मा अमेरिकी कंग्रेसले प्राकृतिक प्रकोप, सशस्त्र संघर्ष तथा अन्य संकटबाट ग्रस्त राष्ट्रका नागरिकका लागि अमेरिकाबाट घर फर्कन नपरोस् भनी ल्याइएको आरक्षणको एक व्यवस्था नै टिपिएस हो।

ट्रम्प प्रशासनले भने जतिसक्दो आरक्षणसम्बन्धी सो व्यवस्थालाई हटाउन खोजिरहेको छ। पछिल्लो महिना मात्रै डिएचएसले साल्भाडोरका २ लाख, हाइटीका ५० हजार तथा केही संख्यामा निकारागुवा र सुडानका नागरिकलाई अस्थायी बसोबासको स्विकृति रद्द गरेको थियो।

अमेरिकी एक अधिकारीले भने, ‘टिपिएसले लामो समयसम्म कुनै पनि विदेशीलाई अमेरिकामा बस्न अनुमति दिँदैन। जो अवैध रुपमा अमेरिका प्रवेश गरेका छन् वा जसको कमजोर कानुनी अवस्था छ। आरक्षणको त्यस्तो कानुनी व्यवस्था खारेज गर्नका लागि पीडित देशको अवस्थाको बारेमा राज्य विभागले डिएजएसका लागि आवश्यक नीति बनाइदिनुपर्दछ।’

‘आरक्षणका लागि हामी प्रत्येक देशको अवस्थाको बारेमा एक–एक गर्दै अध्ययन गरिरहेका छौँ,’ निएलसेनले जनवरीमा सार्वजनिक गरेको आफ्नो वक्तव्यमा उल्लेख गरेकी छिन्। सो क्रममा युद्धग्रस्त सिरियाको अवस्थालाई मूल्यांकन गर्दै अमेरिकामा बस्दै आएका करिब ६ हजार सिरियाली नागरिकको भिसाको म्याद थप गरिएको छ।

निएलसेनले आगामी मे ६ मा २ दशकदेखि अमेरिकामा बस्दै आएका होन्डुरसका करिब ५७ हजार नागरिकको भिसाको बारेमा निर्णय सार्वजनिक हुने जानकारी दिइन्।

टिपिएसमार्फत अमेरिका बस्दै आएका नेपालीहरुको अस्थायी बसोबासको अनुमतिलाई रिन्यु गर्ने वा रद्द गर्ने सम्बन्धमा भने अन्य देशका तुलनामा कम ध्यान दिइएको वासिंगटन पोस्टले लेखेको छ। भूकम्पको समयमा करिब १५ हजार नेपालीहरुले अस्थायी बसोबासको स्विकृति पाएका थिए। कंग्रेसी अध्ययन सेवाले जनाएअनुसार हाल सोही भिसा अनुमति पाएका करिब ९ हजार नेपाली भूकम्पपीडितको नाममा अमेरिकामा छन्। उनीहरु मुख्य रुपमा न्युयोर्कमा बस्ने गर्दछन्।

डिएचएसका अधिकारीले नेपालीहरुको सम्बन्धमा निर्णय भइनसकेको तर केही दिनभित्र नै यसबारे घोषणा हुने प्रस्ट पारे।

भिसा स्विकृति सकिनु ६० दिनअघि नै डिएचएस अधिकृतले निर्णय गरिसक्नुपर्ने प्रावधान छ। तर नेपालीको हकमा भने भिसाको सीमा बुधबार सकिँदै छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्