राष्ट्रपति कार्यालय र प्रहरी हेडक्वार्टर चितवनमा हुने निश्चित भयो भन्दै प्रचण्डले सुनाए अरु यस्ता योजना



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश ३ को प्रहरी हेडक्वार्टर चितवनमा राख्ने तय भइसकेको जानकारी दिएका छन् । राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय चितवनमा नै रहनेसमेत उनले बताएका छन् ।

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले चितवनलाई केन्द्र मानेर एकीकृत विकासको मोडल तयार गर्न आफु लागिपरेको बताए । उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर चितवनको विकास योजना बनाउनु पर्ने बताए । उनले प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिए ।

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै प्रचण्डले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताए ।, ‘खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।’ उनले भने, ‘एकीकृत विकासको मोडल बनाउँदा एशियाली मापदण्डका कुरा पनि चलिरहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डका कुरा पनि चलिरहेका छन् । त्यस्तै मोडेल हामी यस क्षेत्रमा बनाउँछौँ ।’

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गर्न छलफल अघि बढेको भन्दै प्रचण्डले नेपालका १५ ठाउँमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने बताए । जिल्लामा २५ वटा उद्योग खोल्न चिनियाँ टोलीसँग मंगलबार साँझ छलफल भएको बताउँदै उनले स्टिल, फलाम, कपडा, चप्पलजस्ता उद्योग खोल्न उनीहरुले प्रस्ताव गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...