पूर्व आइजी अर्यालले सुन तस्करीका नाइके डिएसपी राउतलाई गृह मन्त्रालयबाटै गायब पार्न यसरी खेले भूमिका



हाम्रो इकोनोमि

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत मंगलबार एक्कासी बेपत्ता बनेपछि छानविन समितीका सदस्यहरुमाथि आशंका उब्जिएको छ ।

बयान नसकिँदै अपरान्ह उनी फरार भएको घटना रहस्यमय बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको छ । राउत आफै भागेका हुन वा भगाईए छानबिनको घेरामा समितिका केहि सदश्य तानिएका छन ।

सुन तस्करीका मुख्य नाइके चुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो । घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ ।

राउतलाई भगाउन छानविन समितीका डिएसपी सुदिप पाठकले भूमिका खेलेको आशंका गरिएको छ । राउत बेपत्ता भएपछी नाटकिय ढंगले कहाँ गयो राउत ? भन्दै मन्त्रालयको गेटमा आएर पाठक फर्किएका थिए । डिएसपी पाठक उनै प्रहरी अधिकारी हुन, जो टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेका थिए। पाठकले चोरीका गाडी यातायातमा किर्ते कागजात बनाई बिक्री गर्ने मुख्य गिरोहलाई संरक्षण दिएका थिए । यो घटनामा तत्कालिलन आईजीपी प्रकाश अर्यालले उनलाई जोगाएका थिए । आफुलाई बचाएको सोहि प्रकरणको गुन तिर्न पाठकले भुमिका खेलेको दाबी स्रोतको छ ।

स्रोतका अनुसार पाठकले तिनै पुर्व आईजीपी अर्यालको योजनामा ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य भूमिका खेलेका अपराध महाशाखाका तत्कालिन एसएसपी दिबेश लोहनीलाई अनुसन्धानको सुचना चुहाएर जोगाउने खेलमा लागेका छन् । सई बालकृष्ण सन्जेलले आफुले एसएसपी लोहनी र डिएसपी प्रजित केसीको निर्देशनमा सबै काम गरेको बयान दिँदा समेत लोहनीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन। समितीमा रहेका पाठक र इन्स्पेक्टर भिश्म हुमागाईले पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालको डिजाईनमा काम गरेको आशंका गरिएको छ ।

पाठक र हुमागाईको डिजाइनमा लोहनीलाई जोगाउने गरी प्रतिवेदेन तयार पारिन लागेको समेत बुझिएको छ । डिएसपी राउतको बयानबाट पुर्व आईजीपी प्रकाश र एसएसपी लोहनी फस्ने अवस्था देखिएपछी उनलाई मिलेमतोमा भगाईएको हुन सक्ने स्रोतको दाबीे छ ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...