पूर्व आइजी अर्यालले सुन तस्करीका नाइके डिएसपी राउतलाई गृह मन्त्रालयबाटै गायब पार्न यसरी खेले भूमिका



३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयमा बयान दिइरहेका डिएसपी सञ्जय राउत मंगलबार एक्कासी बेपत्ता बनेपछि छानविन समितीका सदस्यहरुमाथि आशंका उब्जिएको छ ।

बयान नसकिँदै अपरान्ह उनी फरार भएको घटना रहस्यमय बनेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख समेत रहेका उनी बयान नसकिँदै अचानक फरार भएपछि उनलाई पक्राउ गर्न गृह मन्त्रालयमा रहेको प्रहरी अधिकारी परिचालन गरिएको छ । राउत आफै भागेका हुन वा भगाईए छानबिनको घेरामा समितिका केहि सदश्य तानिएका छन ।

सुन तस्करीका मुख्य नाइके चुणामणि उप्रेती ‘गोरे’ले तस्करी गरेर ल्याएको ३३ किलो सुन हराएपछि यातना दिने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको मृत्यु भएको थियो । घटनामा प्रहरीको भूमिका शंकास्पद भन्दै गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको समितिले छानविन गरिरहेको छ ।

राउतलाई भगाउन छानविन समितीका डिएसपी सुदिप पाठकले भूमिका खेलेको आशंका गरिएको छ । राउत बेपत्ता भएपछी नाटकिय ढंगले कहाँ गयो राउत ? भन्दै मन्त्रालयको गेटमा आएर पाठक फर्किएका थिए । डिएसपी पाठक उनै प्रहरी अधिकारी हुन, जो टीकापुरमा डीएसपी हुँदा प्रहरी हवल्दार ताराबहादुर ठकुल्लाको नाममा से १ च १८१० नम्बरको चोरीको हुन्डाई क्रेटा कार दर्ता गरी प्रयोग गरेका थिए। पाठकले चोरीका गाडी यातायातमा किर्ते कागजात बनाई बिक्री गर्ने मुख्य गिरोहलाई संरक्षण दिएका थिए । यो घटनामा तत्कालिलन आईजीपी प्रकाश अर्यालले उनलाई जोगाएका थिए । आफुलाई बचाएको सोहि प्रकरणको गुन तिर्न पाठकले भुमिका खेलेको दाबी स्रोतको छ ।

स्रोतका अनुसार पाठकले तिनै पुर्व आईजीपी अर्यालको योजनामा ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा मुख्य भूमिका खेलेका अपराध महाशाखाका तत्कालिन एसएसपी दिबेश लोहनीलाई अनुसन्धानको सुचना चुहाएर जोगाउने खेलमा लागेका छन् । सई बालकृष्ण सन्जेलले आफुले एसएसपी लोहनी र डिएसपी प्रजित केसीको निर्देशनमा सबै काम गरेको बयान दिँदा समेत लोहनीलाई अहिलेसम्म पनि पक्राउ गरिएको छैन। समितीमा रहेका पाठक र इन्स्पेक्टर भिश्म हुमागाईले पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालको डिजाईनमा काम गरेको आशंका गरिएको छ ।

पाठक र हुमागाईको डिजाइनमा लोहनीलाई जोगाउने गरी प्रतिवेदेन तयार पारिन लागेको समेत बुझिएको छ । डिएसपी राउतको बयानबाट पुर्व आईजीपी प्रकाश र एसएसपी लोहनी फस्ने अवस्था देखिएपछी उनलाई मिलेमतोमा भगाईएको हुन सक्ने स्रोतको दाबीे छ ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९