सुन तस्कर गोरेको मुख्य सहयोगी एसपी खनालसंग आज पनि बयान लिइदै,गोरे बाट करोड लिएको खुलासा



सरकारले सुन तस्करी र सनम शाक्य हत्याकाण्डकाे अनुसन्धान गर्न बनाएकाे उच्चस्तरीय छानवीन समितिले प्रहरी उपरीक्षक विकासराज खनाललाई नियन्त्रणमा लिएर नक्सालस्थित १ नम्बर गण पठाएकाे छ।

समितिले मंगलबार ६ घन्टाभन्दा बढी समय बयान लिएपछि उनलाइ नियन्त्रणमा लिएकाे हाे।
बयान नसकिएकाले उनलाइ प्रहरी नियन्त्रणमा राखिएकाे हाे। आज बुधबार पनि बयान जारी रहने स्राेतले बतायाे।

साेमबार बयनका लागि हजिर भएका खनालसँग मंगलबारदेखि बयान लिन थालेकाे हाे। समितीले पत्र पठाए लगत्तै खनाललाई मकवानपुर प्रहरीकाे जिम्मेबारीबाट प्रहरी प्रधान कार्यालयले फिर्ता बाेलाएकाे थियाे। यस्तै बयानका लागि गृहमा उपस्थित भएका डिएसपी संजय राउत एकाएक सम्पर्कबिहीन भएका छन्। प्रहरीले उनकाे खाेजी तीब्र पारेकाे छ।

समितिले दुवै प्रहरी अधिकारीलाई सुन तस्करीका नाइके गाेरे भन्ने चुडामणि उप्रेतीसँग निकट रहेकाे र सनम हत्यापछि पनि सम्पर्कमा रहेकाे देखिएपछि अनुसन्धानकाे घेरामा राखेकाे हाे।

समिति स्राेतअनुसार एसपी खनाल र गाेरेबीच अार्थिक लेनदेन भएकाे डायरी भेटिएकाे छ। यस्तै सनम हत्यापछि पनि गाेरे र खनालबीच सम्पर्क भइरहेकाे प्रमाण समितीले फेला पारेकाे स्राेतले बतायाे।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहँदादेखि एसपी खनाल सुन तस्कर गाेरेकाे सम्पर्कमा रहेकाे र उनकाे मुख्य सल्लाकार भूमिकामा देखिएकाे स्राेतकाे दाबी छ। प्रहरीले खाेजिरहेका डिएसपी राउत समेत साेही समय विमानस्थलमा थिए। सुन तस्कर गाेरे प्रहरी अधिकारीसँग सेटिंग मिलाइ सुन तस्करी गर्ने गरेका थिए।

स्राेतका अनुसार एसपी खनालाई बुधबार पक्राउ गरी बिराटनगर पठाउने तयारी समितिले गरेकाे छ। उनलाई संगठित अपराध तथा कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गर्ने समितिले तयारी गरेकाे छ। यता बयानका लागि पत्र काटेका एसएसपी श्यामबहादुर खत्री बिदामा बसेका छन्।

बिदामा रहेका उनलाई प्रहरीले सम्पर्क गर्न सकिरहेकाे छैन्। उनी आफैँ हाजिर नभए प्रतिवादी बनाएर मुद्दा पेश गर्ने समिति स्राेतले बतायाे। विमानस्थल भएर माघ ९मा भित्रिएकाे साढे ३३ किलाे सुन गायब र घटनामा जाेडिएका एकजनाकाे हत्या तथा २ जनाकाे शंकास्पद मृत्युपछि सरकारले गंभीरतापूर्वक घटनाकाे अनुसन्धान गरिरहेकाे छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्