भुकम्पले ढलेर ठुटो भएको धरहरालाई साक्षी राख्दै प्रधानमन्त्रीले भने-अब कोदालो खन्छु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले अब नवनेपाल निर्माण हुने र त्यसका लागि सबै जनता जुनसुकै काम गर्न तयार रहनुपर्ने बताएका हुन्।

ओलीले भने, ‘भुकम्पले ढालेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ। त्यसका लागि म कोदालो खन्न तयार छु। खर्पन र डोकोमा इँटा बोक्न पनि तयार छु। हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणमा आफूले नेतृत्व गर्ने र अन्य जनताको साथ हुनुपर्ने भन्दै पुनःनिर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...