तोडिदै सुन तस्करको जालो,२२ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले यसरी पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

२२ केजी सुन तस्करीको मुख्य नाइके जे झोङलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनीयाँ नागरीक जे झोङलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

यसअघि गत भदौमा प्रहरीले रसुवाहुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुनसहित सात जनालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ बर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह लाइ पक्राउ गरेका थिए।

पक्राउ परेकी झोङ सुन तस्करीको मुख्य नाइके भएको डिआइजी कार्कीले बताए। २२ केजी सुन रसुवाबाट ल्याए पनि प्रहरीले भने १५ केजी मात्र बरामत गरेको थियो। बाँकी सुन उनीहरुले भारत पठाइसकेका थिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...