तोडिदै सुन तस्करको जालो,२२ केजी सुन तस्करीको मुख्य नाइकेलाई प्रहरीले यसरी पार्यो कर्याप्पै



हाम्रो इकोनोमि

२२ केजी सुन तस्करीको मुख्य नाइके जे झोङलाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनीयाँ नागरीक जे झोङलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले जानकारी दिए।

यसअघि गत भदौमा प्रहरीले रसुवाहुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुनसहित सात जनालाई पक्राउ गरेको थियो।

सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ बर्षीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह लाइ पक्राउ गरेका थिए।

पक्राउ परेकी झोङ सुन तस्करीको मुख्य नाइके भएको डिआइजी कार्कीले बताए। २२ केजी सुन रसुवाबाट ल्याए पनि प्रहरीले भने १५ केजी मात्र बरामत गरेको थियो। बाँकी सुन उनीहरुले भारत पठाइसकेका थिए।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...