आफु घेराबन्दीमा परे पछी प्रचण्डले ओलीलाई दिए यस्तो दोष,प्रधानमन्त्रीलाई ठिक पार्ने गरे घोषणा



हाम्रो इकोनोमि

नेपाल मुस्लिम इत्तेहाद संगठनले केही समय पहिले पूर्व नेपाल राजपत्रमा प्रकाशित भएको सार्वजनिक बिदा मिलान सम्वन्धी व्यवस्थामा ‘इदुल अज्हा’ तथा ‘महम्मद डे’ को बिदालाई धार्मिक बिदाबाट सामुदायिक बिदामा राखेकोमा गम्भीर आपत्ति जनाएको छ।

उक्त समुदायले आज बिहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालयमा भेटी ध्यानाकर्षण गराएको हो। उक्त संगठनले आन्दोलनको उपलब्धीलाई सजिलैसँग कटौती गरेको भन्दै यसलाई सच्चाउन पहल गरिदिन अध्यक्ष प्रचण्डसमक्ष अनुरोध गरेको छ।

संगठनले वाम गठबन्धनको वर्तमान सरकारमा मुस्लिम समुदायबाट प्रतिनिधित्व नभएको भन्दै संविधानमा भएको व्यवस्था अनुसार समानुपातिक समावेशी सिद्धान्त अनुसार मुस्लिमको अधिकारलाई कार्यान्वयन गर्न माग पनि गरेको छ।

मुस्लिमहरुको माग प्रति आफ्नो समर्थन रहेको उल्लेख गर्दै प्रचण्डले भने,‘तपाईहरुको माग जायज छ। यो हामीले लडेर ल्याएको हो। यसको संवेदनशीलता र गम्भीरताप्रति मेरो ऐक्यवद्धता छ।’

प्रचण्डले मुस्लिम समुदायका लागि यो निर्णयमा कमजोरी भएको बताए। भने, ‘आन्दोलनबाट प्राप्त उपलब्धिका रुपमा रहेको मुस्लिमको अधिकार सच्चाइन्छ।’

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...