आफ्नै घरमा हार्यो दिल्ली, रोमाञ्चक जित हात पार्दै पन्जाब शीर्ष स्थानमा



हाम्रो इकोनोमि

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्सले अर्को एक हार व्यहोरेको छ । सोमबार राति घरेलु मैदानमा दिल्ली, किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको हो ।

दिल्लीमाथि रोमान्चक जित हात पारेको पन्जाब १० अंकसहित आईपीएलको शीर्ष स्थानमा छ ।

दिल्लीलाई अन्तिम बलमा जितका लागि पाँच रन आवश्यक थियो । स्ट्राइकमा रहेका श्रेयस अय्यरले छक्का प्रहार गर्न अघि बढे तर मैदानमा रहेका आरोन फिन्चलाई पार गर्न सकेन ।

यसका साथ किंग्स इलाभेन पन्जाबले यो रोमान्चक प्रतिस्पर्धामा चार रनको जित हात पार्यो । किंग्स इलाभेनका बलर अंकित राजपुत प्लेयर अफ दि म्याच भए । उनले दिल्लीलाई २३ रन दिएर महत्वपूर्ण दुई विकेट झारेका थिए ।

क्रिस गेल नखेलेको खेलमा पन्जाबले दिल्लीलाई १४४ रनको लक्ष्य दिएको थियो । जवाफमा दिल्ली ८ विकेट गुमाउँदा १३९ रनमा समेटियो ।

दिल्लीका लागि श्रेयस ऐय्यरले सर्वाधिक ५७ रन बनाएका थिए । राहुल टेवाटियाले २४, पृथ्वी शाले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान गौतम गाम्भीर ४ रन बनाएर आउट भए ।

बलिङतर्फ पन्जाबका लागि अंकित राजपुत, एन्ड्र्यू टाई र मुजिब उर रहमानले समान २–२ विकेट लिए । तर, २३ रन दिएर २ विकेट झारेका राजपुत प्लेयर अफ दि म्याच भए ।

यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर व्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । दिल्लीको शानदार बलिङको सामना गरेको पन्जाबका कुनै पनि सदस्यले उच्च स्कोरको रन बनाउन सकेका थिएनन् । करण नायरले सर्वाधिक ३४ रन बनाएका थिए । डेभिड मिलरले २६, लोकेस राहुलले २३, मायंक अग्रवालले २१ र युवराज सिंह १४ रनमा आउट भए । कप्तान रविचन्द्रन आश्विन ६ रनमा आउट हुँदा आरोन फिन्च केबल २ रनमा पबेलियन फर्किए ।

बलिङतर्फ दिल्लीका लियाम प्लंकेटले सर्वाधिक ३ विकेट लिए । अवेश खान र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । दिल्लीले २० लाख भारुमा अनुबन्ध गरेको नेपाली बलर सन्दिप लामिछाने भने यस म्याचमा पनि खेल्न पाएनन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...