एसिड भन्दै पानीको बोतल देखाएर कालिमाटीको मनी ट्रान्सफरबाट यसरी लुटियो तीन लाख



हाम्रो इकोनोमि

कालिमाटीस्थित एक मनि ट्रान्सफरमा सोमबार दिउँसो नयाँ शैलीको लुटपाट भएको छ। एसिडको बोतल देखाएर दुई युवकले ३ लाख रुपैयाँ लुटेका छन्।

  राजेन्द्र बस्नेतले कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज नामक मनि ट्रान्सफर कम्पनीमा लुटपाट गरेका हुन्। सोमबार दिउँसो पौने ४ बजे लुटपाट भएको हो।

    ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई उनीहरुले एसिड खनाई दिन्छु भनेर पानीको बोतलमा केही तरल पर्दा देखाएर धम्काई नगद लुटेका हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीका अनुसार लुटपाटमा संलग्न २ युवक मास्क लगाएर त्यहाँ पुगेका थिए। पैसा लिएपछि बिस्तारै उनीहरु त्यहाँबाट निस्किएका थिए। सो कम्पनीका कर्मचारीले हारगुहार समेत मागेनन्। लुटपाटको दृश्य सिसि क्यामेरामा कैद भएको छ।

पानीको बोतलमा एसिड रहेको भनेर धम्काउनु र कर्मचारीले सजिलै पैसा दिनुले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...