एसिड भन्दै पानीको बोतल देखाएर कालिमाटीको मनी ट्रान्सफरबाट यसरी लुटियो तीन लाख



हाम्रो इकोनोमि

कालिमाटीस्थित एक मनि ट्रान्सफरमा सोमबार दिउँसो नयाँ शैलीको लुटपाट भएको छ। एसिडको बोतल देखाएर दुई युवकले ३ लाख रुपैयाँ लुटेका छन्।

  राजेन्द्र बस्नेतले कालिमाटी चोकमा संचालन गरेको क्रिष्टल ईन्टर प्राईजेज नामक मनि ट्रान्सफर कम्पनीमा लुटपाट गरेका हुन्। सोमबार दिउँसो पौने ४ बजे लुटपाट भएको हो।

    ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई उनीहरुले एसिड खनाई दिन्छु भनेर पानीको बोतलमा केही तरल पर्दा देखाएर धम्काई नगद लुटेका हुन्। महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षत्रीका अनुसार लुटपाटमा संलग्न २ युवक मास्क लगाएर त्यहाँ पुगेका थिए। पैसा लिएपछि बिस्तारै उनीहरु त्यहाँबाट निस्किएका थिए। सो कम्पनीका कर्मचारीले हारगुहार समेत मागेनन्। लुटपाटको दृश्य सिसि क्यामेरामा कैद भएको छ।

पानीको बोतलमा एसिड रहेको भनेर धम्काउनु र कर्मचारीले सजिलै पैसा दिनुले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...