वीर अस्पतालको पचास रोपनी जग्गा हडप्न ओलीका दाहिना यी मेयरले यस्तो सम्मको हर्कत गरे



हाम्रो इकोनोमि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा गराउन चलखेल भएको छ। सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमपप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनियत गरिएको छ।

नेकले भोगचलन गरेको अस्पतालको जग्गा कलेजलाई दिलाउन नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो। नेकको १८० औं बैठकलले नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनित गरेको देखिन्छ।

त्यसपछि नेकको १४८ औं बैठकले नगरप्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ। वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझै गायब भएको जग्गा खोज्न सहयोग गर्नुको साटो कलेजले भाेगचलन गरेको जमिन दिलाउन नगरप्रमुख आफै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन्।

‘हाम्रो जमिन हराएको छ। जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरको सुन्दा लाजमर्दो देखिएको छ’ उपकुलपति गुरुङले भने।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...