वीर अस्पतालको पचास रोपनी जग्गा हडप्न ओलीका दाहिना यी मेयरले यस्तो सम्मको हर्कत गरे



हाम्रो इकोनोमि

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा गराउन चलखेल भएको छ। सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका प्रमुख सोमपप्रसाद मिश्रलाई सञ्चालक समितिमा मनोनियत गरिएको छ।

नेकले भोगचलन गरेको अस्पतालको जग्गा कलेजलाई दिलाउन नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनीत गरिएको खुलासा भएको हो। नेकको १८० औं बैठकलले नगरप्रमुख मिश्रलाई सञ्चालक समितिमा मनोनित गरेको देखिन्छ।

त्यसपछि नेकको १४८ औं बैठकले नगरप्रमुख मिश्रलाई जग्गा आफ्नो नाममा सार्नका लागि जिम्मा दिएको छ। वीर अस्पतालको नाममा रहेको ५७० रोपनी जग्गामा ५० रोपनी अझै गायब भएको जग्गा खोज्न सहयोग गर्नुको साटो कलेजले भाेगचलन गरेको जमिन दिलाउन नगरप्रमुख आफै लाग्नु लाजमर्दो भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेश गुरुङ बताउँछन्।

‘हाम्रो जमिन हराएको छ। जमिनको खोजीमा छौं तर प्रमुख भने हाम्रो नाममा आएको जमिन उल्टै नेकका नाममा लैजान विभिन्न चलखेल गरिरको सुन्दा लाजमर्दो देखिएको छ’ उपकुलपति गुरुङले भने।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...