बर्सौ माल ठाउमा बसेर चाँदी कटाई गर्ने ८ हजार पुलिसको सरुवा बढुवा गर्दै सर्वेन्द्र खनाल,क-कस्को आउने भो काल



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन् ।

महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो ।

तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याललाई चुनौती दिँदै महानिरीक्षक बढुवा भएका खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा एक हजार ६०० भन्दा बढीको बढुवा गर्न लागेको छ । प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...