नारायणकाजीलाई प्रचण्डले साफ झपारे पछी काजीले रुन्चे स्वरमा भने- त्यस्तो हुदै होइन म हजुर संगै छु



नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू एमालेमा प्रवेश गर्ने भन्ने कुरा झुटो भएको बताएका छन् ।

यस्ता अनावश्यक कुराले कसैलाई पनि भ्रममा पार्न सक्ने अवस्था नरहेको भन्दै उनले आफ्ना बारेमा चलाइएको गलत हल्ला निराधार भएको बताए । प्रचण्डले हिजो मात्र एमालेमा जाने भन्ने समाचार आएको छ के हो कुरा भनेर नारायणकाजीलाई झपारेका थिए,रुन्चे स्वरमा जवाफ दिदै उनले म हजुर संगै पार्टी एकता गरेर मात्रै जाने हो भनेको श्रोतले बतायो।

“निश्चित रुपमा मैले वामपन्थी गठबन्धन र पार्टी एकताका लागि पहल गरेको हुँ । तर निर्णायक पहल भने प्रचण्ड र केपी ओलीले नै गर्नुभएको हो । दुवै पार्टी एक हुँदैछ । म कमरेड प्रचण्डकै टिमसँग एकतावद्ध छु । अन्यथा सोच्नुपर्ने आवश्यकता छैन ।” श्रेष्ठले भने ।

“जहाँसम्म म एमालेमा जाने भनिएको छ, त्यो सर्वथा झुट हो । त्यसरी सोच्नुपर्ने आवश्यकता पनि छैन ।”
आफूले पार्टी एकताका लागि प्रचण्डलाई कुनै दबाब नदिएको तर सहयोग गरिरहेको श्रेष्ठले बताए ।

फरक फरक पृष्ठभूमिका दलबिचको पार्टी एकता प्रक्रिया भएकाले केही ढिला हुनु स्वभाविक भएको श्रेष्ठको भनाई छ ।
एकताको मिति अहिले नै किटान गर्न नसकिए पनि छिटै एकता हुने उनको दाबी छ ।

पार्टी एकता लक्ष्यमुखी हुनुपर्ने भन्दै श्रेष्ठले केही समय शक्ति सुदृढ गर्नका लागि गरिने एकताले जनतालाई केही पनि दिन नसक्ने बताए ।उनले केही समय सरकार चलाउनका लागि मात्रै एकता हुन लागेको नभै देश र जनतालाई उपलब्धि दिनका लागि दुई दल मिल्न लागेको बताए ।

जनताको जीवन फेर्ने गरी अगाडि बढ्नका लागि समाजिक न्यायसहितको समृद्धि हासिल गर्नु नै अहिलेको लक्ष्य भएको श्रेष्ठले बताए । संविधानअनुसार समाजवादको बाटोतर्फ जाने गरी सैद्धान्तिक रुपमा दुई दलबिच एकता गरिने उनको भनाई छ ।

दुई ठूला कम्युनिष्ट पार्टीबिचको एकता भएकाले सम्मानजनक एकता हुनुपर्ने श्रेष्ठको भनाई छ । “लक्ष्यमुखी, सिद्धान्तनिष्ठ र सम्मानजनक एकता हुन्छ ।” श्रेष्ठले भने ।

प्रधानमन्त्री पदलाई आलोपालो गर्ने कुरा आवश्यक नरहेको श्रेष्ठको भनाई छ । “वामपन्थी गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेमा मात्रै हामी केन्द्रित र्छौँ ।”

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९