पार्टी एकतालाई इस्यु बनाएर योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई हाने यस्तो घुएत्रो



हाम्रो इकोनोमि

एमाले सचिव योगेश भट्टराईले रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै व्यंग्य प्रहार गरेका छन् । सचिव भट्टराईले आइतबार कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरका आयोजित कार्यक्रममा भएको विवादप्रति लक्षि गर्दै व्यंग्य गरेका हुन् ।

एमाले–माओवादी एकताप्रति दुई वटा ब्यानर राखिएको उक्त कार्यक्रमको फोटो सामाजिक सञ्जाल ट्विटमार्फत सार्वजनिक गर्दै व्यंग्य गरेका हुन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको दाँया बाँया उभिएका रक्षामन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै उनले दुई वटा ब्यानरमूनि नेताहरु उभिएको फोटो पोष्ट गर्दै स्ट्याटसमा लेखेका छन्– ‘बीचमा शक्तिशालि नेताहरु दायाँ, बाँया सुरक्षा अगंका बलिया रक्षा र गहृमन्त्री । कसले भत्काउला ? कस्ले छेक्ला ? र कस्ले बिथोल्ला पार्टी एकतालाई ?’

भट्टराईको स्ट्याटसलाई एमाले-माओवादीभित्र चासोका साथ हेरिएको छ । आइतबार दुई पार्टीबीच पार्टी एकता गर्ने भनिए पनि नेताहरुबीच कुरा नमिल्दा पार्टी एकता धकेलिएको हो । यससँगै पार्टी एकताप्रति शंका बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...