गाई काट्न उकास्ने युरोपियन युनियनले नेपालमा यसरी बिक्री गर्दै छ हतियार,डरलाग्दो पोल खुल्यो



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपालमा द्वन्द्व सिर्जना गरेर हतियार बेच्ने ठूलो षड्यन्त्रमा एउटा समूह सक्रिय रहेको आरोप लगाएका छन् ।

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले मिलेर बसेका नेपाली जनतालाई एकआपसमा लडाउन चाहेको आरोप लगाए । ‘धर्म, जाति, बर्ग, लिङ्ग, गोत्र आदिका नाममा नेपालीहरूविरुद्ध घृणा फैलाउने काम भएको छ’, उनले भने, ‘जातीय र धार्मिक द्वन्द्व फैलाएर हतियार बेच्ने ठूलो योजना बनेको छ ।’

ओलीले युरोपियन युनियनतर्फ संकेत गर्दै धर्मपरिवर्तनका नाममा नेपालमा ठूलो षड्यन्त्र भइरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा आफै घृणा, हिंसा र द्वन्द्व फैलाउने । त्यसपछि द्वन्द्व व्यवस्थापनको नाममा आएर नेपाललाई गरिव बनाउने । विकास हुन नदिने षड्यन्त्र भइरहेको छ ।’

नेपाली कांग्रेसविरुद्ध आक्रमक देखिएका ओलीले भन, ‘भारत भ्रमणमा गएका बेला एउटा दलका एक नेताले लम्पसारवादी भनेछन् । लम्पसारवादी भनेको केलाई हो ? कसलाई हो ? केही थाहा नपाउनेले त्यसो भन्ने !’ ओलीले कांग्रेसलाई विचार पु¥याएर बोल्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...