गाई काट्न उकास्ने युरोपियन युनियनले नेपालमा यसरी बिक्री गर्दै छ हतियार,डरलाग्दो पोल खुल्यो



हाम्रो इकोनोमि

नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले नेपालमा द्वन्द्व सिर्जना गरेर हतियार बेच्ने ठूलो षड्यन्त्रमा एउटा समूह सक्रिय रहेको आरोप लगाएका छन् ।

धुम्बाराहीस्थित पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा प्रधानमन्त्री ओलीले मिलेर बसेका नेपाली जनतालाई एकआपसमा लडाउन चाहेको आरोप लगाए । ‘धर्म, जाति, बर्ग, लिङ्ग, गोत्र आदिका नाममा नेपालीहरूविरुद्ध घृणा फैलाउने काम भएको छ’, उनले भने, ‘जातीय र धार्मिक द्वन्द्व फैलाएर हतियार बेच्ने ठूलो योजना बनेको छ ।’

ओलीले युरोपियन युनियनतर्फ संकेत गर्दै धर्मपरिवर्तनका नाममा नेपालमा ठूलो षड्यन्त्र भइरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा आफै घृणा, हिंसा र द्वन्द्व फैलाउने । त्यसपछि द्वन्द्व व्यवस्थापनको नाममा आएर नेपाललाई गरिव बनाउने । विकास हुन नदिने षड्यन्त्र भइरहेको छ ।’

नेपाली कांग्रेसविरुद्ध आक्रमक देखिएका ओलीले भन, ‘भारत भ्रमणमा गएका बेला एउटा दलका एक नेताले लम्पसारवादी भनेछन् । लम्पसारवादी भनेको केलाई हो ? कसलाई हो ? केही थाहा नपाउनेले त्यसो भन्ने !’ ओलीले कांग्रेसलाई विचार पु¥याएर बोल्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...