बाबु आमालेनै घर बाट लाखेटेकी ७ वर्षिय बालिकालाई एमाले सांसद भट्टराईले दिए संरक्ष



हाम्रो इकोनोमि

बाबु आमाले नै दोस्रो विवाह गरेपछि बिचल्लीमा परेकी एक बालिकालाई सांसदले सहयोग गरेका छन् । खोटाङको खोटेहाङ गाउँपालिका ७ की ७ वर्षिय बालिका वर्षा तामाङलाई सांसद विशाल भट्टराईले माध्यमिक तहसम्म पढाउने जिम्मा लिएका हुन् ।

बाबु हरिबहादुर तामाङ वैदेशिक रोजगारीमा गएका बेला वर्षालाई अलपत्र पारेर आमाले दोस्रो विवाह गरिन् । त्यतिबेला वर्षा मात्र तीन वर्षकी थिइन् । पछि वैदेशिक रोजगारीबाट फर्किएका बुबाले दोस्रो बिवाह गरेपछि वर्षाका दिन थप कष्टकर बनेका थिए । सौतेनी आमाले वर्षालाई राम्रो व्यवहार नगरेको वडाध्यक्ष शिव फुयालले बताए ।

घर परिवारले राम्रो नमानेपछि वर्षा स्थानीय रवीन्द्र खत्रीको घरमा बस्दै आएकी छिन् । पारिवारबाट पीडित बर्षालाई माध्यमिक तहसम्म पढाउने जिम्मा सांसद विशाल भट्टराईले लिएका छन् । आइतबार शिवालय आधारभूत विद्यालयमा भर्ना गर्दै सांसद भट्टराईले उनको पठन पाठनमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । उनलाई पढाउन आवश्यक पर्ने सम्पूर्ण खर्च व्यहोर्ने भट्टराईले प्रतिवद्धता जनाए ।

‘उनको अवस्था सुनेर चुप लागेर बस्न सकिन’, भट्टराईले भने, ‘अविभावक बिहिन बनेकी वालिकाको अविभावकत्व लिएको छु।’

आइतबार नै सांसद भट्टराईले वर्षालाई विद्यालय पोसाक, झोला तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएका छन् । हाल उनका बुबा वैदेशिक रोजगारीमा गएका छन् भने कान्छी आमा हिरासतमा छिन् । उनलाई आफ्नै मूल घर आगो लगाएको अभियोगमा प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...