सर्वेन्द्र खनाललाई सुटुक्कै सुताउन प्रचण्डको चाकडीमा लागे यी एसपीहरु,फेरी यस्तो रडाको मच्चिदै



नेपाल प्रहरीका केही पहुँचवाला एसपीहरु आफूभन्दा बरिष्ठ २३ जना हुँदाहुँदै एसएसपी बढुवा हुनका लागि प्रहरी नियमावली २०७१ नै संशोधन गर्ने खेलमा लागेका छन् ।

नेपाल प्रहरीमा माथिबाट फटाफट बढुवा हुने हो भने एसएसपीका धेरै सिट खाली छन् । एसएसपीमा बढुवा हुनका लागि एसपीमा चार वर्ष अवधि पुगेको हुनुपर्छ ।

प्रहरी नियमावली २०७१ को दफा २८ को १ (क) मा राजपत्रांकित अधिकृतका लागि बढुवा हुन चार वर्ष पूरा गरेको हुनुपर्ने प्रावधान छ ।

तर, चार वर्ष नपुगेका एसपीहरु प्रहरी नियमावली संशोधन गरी तीन वर्ष अवधि भए पुग्ने बनाउन लागेका छन् । दुई वर्ष बनाउँदा तलका अरु पहुँचवाला एसपी दीपक थापा, सुरेन्द्र मैनालीहरु छिर्नसक्ने भएपछि तीन वर्ष बनाउने रणनीतिमा पर्साका एसपी गणेश रेग्मी र रुपन्देहीका श्याम ज्ञवाली लागेका छन् ।

तलकालाई आउन नदिने र माथिकालाई उछिन्ने खेलमा उनीहरु लागेका छन् । २०७१ पmागुन ११ मा डीएसपीबाट एसपीमा बढुवा भएका गणेश रेग्मी, श्याम ज्ञवाली र सन्दीप भण्डारी लगायतका ३३ जनाको सेवावधि तीन वर्ष पुगिसकेको छ ।

उनीहरु प्रहरी नियमावली संशोधन गरी चार वर्ष सेवावधिबाट तीन वर्षमा ल्याउन खोजिरहेका छन् । या समूहभन्दा पहिलाका वरिष्ठ एसपीहरु २३ जना छन् ।

दिलीपकुमार बस्नेत, विभूतिराज पाण्डे, राजेन्द्र ढकाल, प्रकाश अधिकारी, अरुणकुमार बीसी, राजेन्द्रप्रसाद चौधरी, शरदकुमार खत्री, विक्रमबहादुर चन्द, शेखर कोइराला, मुकुन्दराज आचार्य, सहकुलबहादुर थापा, पूजा सिंह, वीरेन्द्रकुमार बस्याल, सुशीलकुमार यादव, मसाउद आलम खाँ, किशोरकुमार यादव, नलप्रसाद उपाध्याय, नरबहादुर खत्री, हरिराज वाग्ले, भोजजंग शाह, मोहनकुमार आचार्य, देवबहादुर बोगटी, प्रदीपकुमार श्रेष्ठ छन् ।

यीमध्ये अरुणकुमार बीसी र पूजा सिंह बाहेक अरुको क्षमता र पहुँच नभएकाले पनि पछिल्लो समूहका रेग्मी र ज्ञवालीहरु नियमावली संशोधन गरी फष्ट ट्रयाकबाट एसएसपी बढुवा हुने चक्करमा छन् । उनीहरुले यसअघिका आईजीपी प्रकाश अर्यालको पालामा पनि नियमावली संशोधन गर्ने प्रयास गरेका थिए ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्यालको सम्बन्ध राम्रो नभएकाले त्यो प्रयास सफल हुन सकेको थिएन । अहिले एसपी रेग्मी मुख्यसचिव लोकदर्शन रेग्मी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मिलाउन लागेका छन् ।

जसको जिम्मा गणेश रेग्मीले पाएका छन् भने राजनीतिक नेतृत्व मिलाउने जिम्मा ज्ञवालीले लिएका छन् । एसपीको यो समूहपछि २०७१ फागुन ११ मा बढुवा भएका हुन् गणेश रेग्मी र श्याम ज्ञवालीहरु ।

यो समूहमा गणेश रेग्मी, श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, बसन्त कुँवर, रामदत्त जोशी, भरत बोहरा, मीरा चौधरी, किरण बज्राचार्य, टेकप्रसाद राई, रवीन्द्र केसी, पोषराज पोखरेल, नवराज भट्ट, बुद्धि गुरुङ, उमेशराज जोशी, नरेन्द्र उप्रेती, कुवेर कठायत, केदार ढकाल, राजेन्द्र विष्ट, राजुबाबु श्रेष्ठ, विष्णुकुमार केसी, राजेश बाँस्तोला, सुदीप गिरी, टेकबहादुर तामाङ, जनक भट्टराई, दुर्गा सिंह, विकासराज खनाल, कृष्ण महत, लालमणि आचार्य, तुलसी अधिकारी, गोविन्द शाह, उमाशंकर पञ्जियार, किरण राणा र भीम ढकाल छन् ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९