‘सामसुम’हुदै गएको ८८ केजी सुनकाण्डमा ‘सामसुङ’का साहु तानिए,ओली संग भारत जान कसरी छानिए



३३ किलो सुन तस्करीको काण्डसँगै ‘सामसुम’ बन्दै गएका अन्य सुन काण्डहरु पनि विस्तारै खुल्न थालेका छन् ।अनुसन्धानको घेरामा रहेकाहरुबाट नै विस्तारै तस्करीको सेटिङ्गको पोल खुल्न थालेको छ । ३३ किलो सुन काण्डमा पूर्व डीआईजी गोविन्द निरौलालाई पक्राउ परेसँगै सुन तस्कर गर्नेहरुलाई मात्र होइन यसका लागि सहज वातावरण बनाई दिनेका मनमा समेत ‘ढ्याङग्रो’ बज्न थालेको छ । ३३ किलो सुन काण्ड र सनम शाक्यको हत्या प्रकरणमा पूर्व डीआईजी गोविन्द निरौलालाई पक्राउ गरेसँगै तस्करीको सेटिङ्ग खुल्न थालेको प्रहरीले दावी गरेको छ ।

३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान थालेको जनाएको छ । ८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको संलग्नता थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखिएको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो ।

उक्त घटना छानविनले सुन मालिक चिनियाँ दम्पतीसँग विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहको सम्बन्ध देखिएको स्रोतको दावी छ । २०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण समितिले बुझाएको प्रतिवेदनमा दिपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, विष्णु गौचन, स्वाँरलगायत दर्जनौं व्यक्तिहरु सुन तस्करीमा संलग्न रहेको उल्लेख छ । दिपक सुन काण्डमा पटक–पटक आंशकाले हेरिएका व्यक्ति हुन् । उक्त समितिले सुन तस्करीको अध्ययन गरे पनि कार्वाही प्रक्रिया भने अघि बढेन । मलहोत्राको प्रहरीका उच्च अधिकारीहरुसँग राम्रो उठबस भएकै कारण तत्कालीन समयमा कुनै कार्वाही प्रक्रिया अघि नबढेको जानकार बताउँछन् । प्रहरीकै उच्च अधिकारीको सहयोगमा सुन तस्करी हुँदै आएकोमा सेटिङ नमिलेपछि अहिले तस्कर समूहबाटै अवैध सुनको सूचना लिक भएको स्रोत बताउँछ ।

२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदा पनि उनै मल्होत्रा तस्करीको सेटिङ मिलाउन खट्ने गरेको उनलाई नजिकबाट चिनेकाहरु बताउँछन् । सामसुङ मोबाइल व्यापारको आवरणमा अनेक धन्दा चलाउँदै आएका मल्होत्राको पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालदेखि पूर्व एआईजी नवराज ढकालसम्म राम्रो सम्वन्ध रहेको स्रोतले जनाएको छ । बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मल्होत्रालाई जोगाएको जानकार बताउँछन् । श्रेष्ठलाई जस्तै गरी हालै अबकाश पाएका एआईजी बिजयलाल कायस्थलाई सोही समूहले एयरपोर्टमा सरुवा गरी तस्करीको धन्दा चलाएको थियो । एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र कायस्थको मिलेमतोमा यस्तो धन्दामा मौलाएको थियो । पुर्व अर्थमन्त्री डा. रामशरण महतले पनि संरक्षण दिएका थिए ।

भन्सारका शाह निलम्बनमा पर्दा पनि कायस्थलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख लोकमानसिंह कार्की र अर्यालले जोगाएको चर्चा अहिले पनि चलिरहेको छ । तस्करीमा प्रत्यक्ष रुपमा भने काठमाडौंका सुन पसलेदेखि केही मारवाडी व्यवसायीहरु छन् । त्यसरी तस्करी भएर आउनेमध्ये २५ प्रतिशत सुन नेपालमै खपत हुने गरेको छ भने बाँकी भारत पुग्ने गरेको छ । सुन तस्कर मेट्रोका तत्कालीन एआईजी बिज्ञान शर्माको समेत हात रहेको समाचार स्रोतको दावी छ । शर्मालाई मल्होत्राको पार्टनरका रुपमा पनि चिनिन्छ ।प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला संगै त्यहाँ पुगेका मलहोत्राले ओलीलाई प्रभाबमा पार्न अनेक कसरत गरेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९