एमाले संग एकता नगर्ने प्रचण्डको भित्रि कुरा बुझे पछी माओबादीका यी मन्त्री सहितका नेता एमालेमा प्रवेश गर्दै



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रियामा बिलम्ब भैरहेको बेला माओवादी केन्द्रका शीर्ष नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकता तत्काल गर्न दबाब दिएको खुलासा भएको छ।

एमालेभन्दापनि माओवादी केन्द्रका शीर्ष नेताहरु पार्टी एकतामा अब ढिलाई गर्न नहुने पक्षमा उभिएका छन् । उनीहरुको अभिव्यक्तिपनि त्यस्तै खालको छ । हुनपनि हो एकता गर्ने भनेर जनताले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनलाई भोट दिएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका नेताहरुको हिमचिम अहिले बाक्लिएको छ । माओवादी केन्द्रका प्रभावशाली नेताहरुको यतिवेला आफ्नो पार्टीका अध्यक्ष प्रचण्डभन्दापनि एमाले अध्यक्ष ओलीसँगको सामिप्यता र घनिष्ठता देखिएको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ त यतिसम्म की एकता नभए आफू एमालेमा प्रवेश गर्नेसम्मको तयारीमा पुगेका स्रोतको दाबी छ । त्यस्तै यतिवेला प्रचण्डसँग भन्दा ओलीसँग बढि नजिकिने माओवादी केन्द्रका नेताहरुमा श्रेष्ठसँगै टोपबह दुर रायमाझी, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बहादुर बस्नेत छन् ।

प्रचण्डको पक्षमा यतिवेला वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जामन्त्री वर्षमान पुन र हरिबोल गजुरेल रहेका छन् । प्रचण्डले एमालेसँगको एकताको लागि ५०/५० को बटमलाई अघि सारेका छन् । तर उनकै पार्टीका बरिष्ठ नेता श्रेष्ठ लगायत अन्य नेताहरु भने त्यस्तो कुरा गर्न नहुने पक्षमा उभिएका छन् ।

श्रेष्ठले आफू निकटसँग भन्ने गरेका छन्,‘त्यस्तो कुरा नगरौं, बरु समानताको आधारमात्रै कुरा गरौं, ५०/५० को कुराले एकतामा अप्ठ्यारोमा पर्छ।’ उता एमालेसँग पार्टी एकता प्रक्रियामा रहेको माओवादी केन्द्रले आफ्नो संगठनलाई सुदृढ बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आइतबार बिहान खुमलटारस्थित निवासमा आइतबार (९ बैशाख) बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकले पार्टी संगठन सुदृढ बनाउने निर्णय गरेको हो।

एमालेसँग पार्टी एकतामा भएको प्रगतिका सम्बन्धमा जानकारी गराउन अध्यक्ष प्रचण्डले आइतबार विहान पार्टी हेडक्वार्टर बैठकको आयोजना गरेका थिए। सो बैठकले पार्टी संगठनलाई कसरी सुदृढ बनाउने भन्ने निर्णय गर्न र कार्ययोजना निर्माणका लागि पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...