भारतीय दूताबासमा बम हान्ने विप्लबका यी दुई कार्यकर्ता छडी सहित जाकीए खोरमा



हाम्रो इकोनोमि

गत सोमबार विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटमा संलग्न रहेको आशंकामा ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अुनसार मोरङको बेलबारी नगरपालिका ४ का ४२ वर्षीय युगेन भनिने उदय राई र ताप्लेजुङ थुकिमा ७ का ३४ वर्षीय भीम लिम्बूलाई विराटनगरबाट पक्राउ गरिएको हो। पक्राउ परेका मध्ये राई नेकपाको मोरङ सेक्रेटरी र लिम्बू कार्यकर्ता हुन्। उनीहरु विरुद्ध प्रहरीले सोमबार बम विष्फोटन सम्बन्धी मुद्दा दर्ता गर्न म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ। दुबै जनालाई आइतबार पक्राउ गरिएको बिसीले जानकारी दिए।

पक्राउ परेका दुबै जनालाई प्रहरीले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो। दुई नेता कार्यकर्तालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेपछि दूतावासको सम्पर्क कार्यालयमा भएको बम विष्फोटको घटनामा नेकपाको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ। दूतावासको सम्पर्क कार्यालयको पश्चिमतर्फको खुल्ला चौरमा गत सोमबार राति ८ः१५ बजे प्रेसर कुकर बम विष्फोट गराइएको थियो।

प्रहरीका अनुसार, पक्राउ परेका दुवै जनाले घटनामा आफ्नो पार्टीको संलग्नता रहेको स्वीकार गरेका छन्। तथापि प्रहरीले बम विष्फोटमा कति जना संलग्न थिए भन्ने बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घटनामा संलग्न भनेर नाम आएका नेकपामा आवद्ध अन्य व्यक्तिहरुको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले घटना भएकै भोलिपल्ट मंङ्गलबार पूर्वसांसद बाबुलाल पासवानलाई पनि पक्राउ गरेको थियो । माओवादीबाट सांसद बनिसकेका उनी अहिले नेकपामा आवद्ध छन्। घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका पूर्वसांसद पासवान विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान गर्ने काम भइरहेको एसपी बिसीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...