भारतीय प्रधानमन्त्री मोदीको तेश्रो नेपाल भ्रमणको मिति ओलीले गरे अनुमोदन



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्।

‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो।भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री ओली जनकपुर पनि जाने भएका छन्। त्यहाँ उनलाई अभिनन्दन गरिनेछ।

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको बताएको छ।
मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन्।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...