भारतीय प्रधानमन्त्री मोदीको तेश्रो नेपाल भ्रमणको मिति ओलीले गरे अनुमोदन



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मोदीको दुई दिने नेपाल भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अनुमोदन गरेका छन्।

‘अलि पर सार्ने कि भन्ने पनि कुरा भएको थियो तर अन्तिममा भारतीय प्रस्तावअनुसार नै भ्रमणको तिथि टुंगो लाग्यो,’ स्रोतले भन्यो।भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री ओली जनकपुर पनि जाने भएका छन्। त्यहाँ उनलाई अभिनन्दन गरिनेछ।

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल भइरहे पनि तयारी सुरु नभएको बताएको छ।
मोदीको भ्रमणको मिति भारतीय सञ्चारमाध्यमले यसअघि नै मिति सार्वजनिक गरे पनि भारतले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

प्रधानमन्त्री बनेपछि मोदीले तेस्रो पटक नेपाल भ्रमण गर्न लागेका हुन्।
यसअघि सन् २०१४ मा प्रधानमन्त्री बनेलगत्तै र पछि सार्क सम्मेलनमा भाग लिन मोदी नेपाल आएका थिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...