३३ किलो सुन काण्डका मतियार पूर्व आइजी प्रकाश अर्याल पनि आज खोरमा जाकिदै,यस्तो फेला पर्यो उनको धन्धा



हाम्रो इकोनोमि

३३ किलो सुन तस्करी प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेपछि तस्करहरुसँग ‘दोस्ती’ भएका अन्य प्रहरी अधिकारीहरु जागिर जोगाउन दौडधुपमा लागेका छन्। निरौलापछि छानबिन समितिले अन्य प्रहरी अधिकारीहरुसँग सोधपुछको तयारी गरेको छ। र निरौला संगै अवकाश पाएका आइजी प्रकाश अर्याललाई पनि आज अबेर सम्ममा पक्राउ गरेर बयान लिने अन्तिम तयारी भईरहेको श्रोतले बताएको छ।

तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’ सँग दर्जन बहालवाला प्रहरी अधिकारीको संलग्नता देखिएको स्रोत बताउँछ। सम्बन्ध देखिएका सबैलाई छानबिन समितिले सोधपुछका लागि पत्र लेखिसकेको छ।

११ दिनअघि मात्र अवकाश पाएका निरौलालाई छानबिन समितिले आइतबार थुनामा राखेको छ। उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ लैजाने तयारी भएको स्रोत बताउँछ। अनुसन्धानको क्रममा उनको उप्रेतीसँग निकटता देखिएको थियो। साथै केही व्यक्तिले बयानका क्रममा उनलाई पोलेका छन्।

एसएसपीहरु श्याम खत्री, प्रेम चन्द लगायत अन्य प्रहरी अधिकारीहरुलाई समेत छानबिन समितिले सोधपुछका लागि पत्राचार गरिसकेको छ।

चिनजान मात्र होः निरौला

निरौलाले भने उप्रेतीसँग आफ्नो चिनजान मात्र भएको र तस्करीमा सहयोग नगरेको दाबी गरेका छन्। ‘उ मेरो साथीको छोरा हो,’ उनले बयानमा भनेका छन्,‘पारिवारिक चिनजानको आधारमा मात्र उसँग भेटघाट हुने हो।’

स्रोतका अनुसार तस्करीमा सघाएको प्रमाण समेत भेटिएकाले उनलाई म्याद संगठित अपराधमा म्याद थप गरी कारबाही गर्न लागिएको हो। र निरौलाले गरे जस्तै अपराध प्रकाश अर्यालले पनि गरेको श्रोत बताउछ।

दोस्रो चरणको अनुसन्धान सुरु

गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको छानबिन समितिले दोस्रो चरणको अनुसन्धान थालेको छ। दोस्रो चरण अन्र्तगत तस्कर समूहलाई सघाउने प्रहरी लगायत व्यक्तिहरुमाथि अनुसन्धान सुरु भएको हो। गोरेले दर्जनौं प्रहरी अधिकारीहरुलाई महंगो उपहार दिने र बाजेको सेकुवा रेष्टुरेन्टमा बोलाएर भोज दिने गरेका थिए। बाजेको सेकुवा उनकै आफन्त चेतन भण्डारीको हो। भण्डारीमाथि पनि छानबिन समितिले सम्पती रोक्का राखी छानबिन अघि बढाएको छ।

उप्रेतीसँग चिनजान भएकामध्ये धेरै प्रहरीले उनलाई तस्करीमा सघाएको हुनसक्ने स्रोत बताउँछ। केही प्रहरी अन्य समूहको सुन तस्करीको सूचना दिएर पनि नजिक हुने गरेका थिए।

उनकै तस्करीको ३३ किलो सुन हराएपछि एकान्टेन्टका रुपमा काम गर्ने सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो। सो घटनालाई पनि उनले चिनजानका प्रहरी प्रयोग गरी मिलाउन खोजेका थिए। पछि गृहमन्त्रालयमा उजुुरी परेपछि उनको गिरोहको पर्दाफास भएको हो। उनले विमानस्थलस्थित एयलरलाइन्सका कर्मचारी, प्रहरी र भन्सार कर्मचारीसँग सेटिङ मिलाएर विगत ५ वर्षदेखि सुन तस्करी गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...