ओली सरकारले तातो पुन्यूले डाम्ने सुइको पाए पछी डेढ अर्ब घोटाला गरेका गोपाल खड्का अमेरिका भास्सिए



हाम्रो इकोनोमि

तेल भण्डारणका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको बसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएक आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अमेरिका पलायन भएका छन् ।

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा ६१ करोड ३४ लाख कर छुट दिएको बिषयमा पनि उनले उन्मुक्ति नपाउने भएपछि उनी अमेरिका पलायन भएका छन् । डेढ अर्ब भ्रष्टाचार अभियोगमा सरकारले उनलाई बर्खास्त गरे पनि तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पुनर्वहाली गर्न आदेश दिएका थिए । तर आपूर्ति मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले उनलाई निगमबाट मन्त्रालयमा हाजिर गराएका थिए ।

मन्त्रालयमा हाजिर गराएपछि उनी पुनः निगममा हाजिर हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पटक पटक पुगे । ओलीको जन्मदिनमा उनी बालुवाटारमै पुगेको समाचार पनि आयो । ओलीकोमा उनलाई लाने बीचौलियाहरुले धेरै रकम खाइदिए पनि हाजिर नगराएपछि उनी अमेरिका पलायन भएका छन् । दीप बस्न्यातले अख्तियारको उजुरी तामेलीमा राख्ने भने पनि राख्न नसकेपछि उनी निराश भएका थिए ।

उनले अमेरिकामा गएपछि भाइ विनोद खड्कासंगको फोटो सार्वजनिक गरेका छन् । उनका भाइ विनोद खड्का नेपाल प्रहरीको इन्स्पेक्टरको जागिर छाडेर अमेरिकामा बस्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...