ओली सरकारले तातो पुन्यूले डाम्ने सुइको पाए पछी डेढ अर्ब घोटाला गरेका गोपाल खड्का अमेरिका भास्सिए



हाम्रो इकोनोमि

तेल भण्डारणका लागि झापाको मेचीनगर, सर्लाहीको हरिपुर, चितवनको लोथर र रुपन्देहीको बसन्तपुरमा जग्गा खरिद गर्दा डेढ अर्ब रुपैयाँ अनियमितता गरेको मुद्दा खेप्दै आएक आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अमेरिका पलायन भएका छन् ।

महालेखा परीक्षकको ५५ औं प्रतिवेदनमा ६१ करोड ३४ लाख कर छुट दिएको बिषयमा पनि उनले उन्मुक्ति नपाउने भएपछि उनी अमेरिका पलायन भएका छन् । डेढ अर्ब भ्रष्टाचार अभियोगमा सरकारले उनलाई बर्खास्त गरे पनि तात्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले उनलाई पुनर्वहाली गर्न आदेश दिएका थिए । तर आपूर्ति मन्त्रालयका तत्कालीन सचिव कृष्ण देवकोटाले उनलाई निगमबाट मन्त्रालयमा हाजिर गराएका थिए ।

मन्त्रालयमा हाजिर गराएपछि उनी पुनः निगममा हाजिर हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पटक पटक पुगे । ओलीको जन्मदिनमा उनी बालुवाटारमै पुगेको समाचार पनि आयो । ओलीकोमा उनलाई लाने बीचौलियाहरुले धेरै रकम खाइदिए पनि हाजिर नगराएपछि उनी अमेरिका पलायन भएका छन् । दीप बस्न्यातले अख्तियारको उजुरी तामेलीमा राख्ने भने पनि राख्न नसकेपछि उनी निराश भएका थिए ।

उनले अमेरिकामा गएपछि भाइ विनोद खड्कासंगको फोटो सार्वजनिक गरेका छन् । उनका भाइ विनोद खड्का नेपाल प्रहरीको इन्स्पेक्टरको जागिर छाडेर अमेरिकामा बस्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...