बैंक ठग संग पूर्वराजाको यस्तो उठ-बस,ठगकी श्रीमतीसंग पूर्वराजा ज्ञानेन्द्रले यसरी गाला जोडेर अंगालो मारे



हाम्रो इकोनोमि

पूर्वराजा ज्ञानेन्द्र शाह पनि के के गर्छन् के के ? नयाँ वर्ष २०७५ मनाउन लुकी लुकी नेपाल छिरेका फरार बैंक ठग एलवी श्रेष्ठ र उनकी श्रीमती बिनु श्रेष्ठबीच के लनतन छ कुन्नी, अँगालो मारामार नै देखियो त ?
के यस्ता बैंकिङ कसूर गरेर भूमिगत जीवन बिताइरहेका व्यक्तिसँग पूर्वराजाले यसरी ज्यानमा ज्यान जोड्दा भ्रष्टाचार, अनैतिकता सर्दैन होला ?

पूर्वराजालाई कस्तो लाग्छ ? यो फोटो नयाँ वर्षको पूर्वसन्ध्यामा खिचिएको दावी स्रोतले गरेको छ । यस्ता बैंक ठगहरु, हावादारी गफाडी र प्रशंसकहरुको वरिपरि बसेकाले नै पूर्वराजाको लक्ष्य परपर सर्दै गएको हो ।

विराटनगरका पत्रकार स्वयम्भुनाथलाई झापामा दर्शनभेट दिएर यिनैले गुनासो गरेछन्– मैले कति राम्रा राम्रा कुरा बोलें, मलाई आसनको भन्दा पनि देशको चिन्ता छ ।
खोई कसले साथ दियो मलाई ? यस्ता भ्रष्टको साथमा गाथ मिलाएपछि अरु कसको साथ खोजेका हुन् पूर्वराजाले भन्दै बैंकिंग खबरले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...