एसपी हुदा डिएसपीलाई तोरीको फूल देख्ने गरी किक हानेर फुलीनै थुतेका आइजी सर्वेन्द्रलाई सईले हाने उल्टै किक



सर्वेन्द्र खनाल नेपाल प्रहरीको आईजीपी नियुक्ति भएको करिब डेढ हप्तामात्रै भएको छ । उनले आईजीपीको फुली काँधमा लगाउँदै गर्दा भनेका थिए, ‘तल्लो तहका प्रहरीलाई मुटुमा राखेर काम गर्छु, उनीहरुको मनोबल गिर्न दिन्न ।’

पदबहाली गरेको करिब एक हप्तामै वर्षौंदेखि रोकिएको जुनियर अधिकृत तथा सिपाही हवल्दारको बढुवा शुरु गरेर उनले नतिजा ल्याउन शुरु गरे । यसभन्दा अगाडिका आईजीहरुले जतिसुकै आदर्शका गफ चुटे पनि तल्लो तहका प्रहरीप्रति उनीहरुको सद्भाव देखिएन । तर नवनियुक्त आईजीपी खनालले शुक्रबार मात्रै ६ सय ४५ प्रहरी जवानलाई हवल्दार र ७३ प्रहरी नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवाको लागि सिफारिश गरिछाडे ।

नयाँ आईजी नियुक्ति हुनेबित्तिकै एआईजी र डीआईजी बढुवाको प्रक्रिया शुरु गर्ने प्रचलन तोड्दै खनालले सिपाही, हवल्दार, असई, सईको बढुवा गरेर तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च गराउने काममा भिडिरहेका छन् । सम्भवतः यसै हप्ता तल्लो तहमा रिक्त रहेका सम्पूर्ण पदको पदपूर्ति हुने प्रहरी मुख्यालय स्रोत बताउँछ । तल्लो तहको पदपूर्तिपश्चात् सिनियर अधिकृतहरूको पदोन्नति गर्ने आईजीपी खनालको रणनीति छ ।

सबैभन्दा विवाद आउने सईबाट इन्स्पेक्टर बढुवा नेपाल प्रहरीको इतिहासमै निर्विवाद रह्यो । न कुनै नेताका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) बढुवामा परे न त आईजीपीका नजिकका अधिकृत नै । द्वन्द्वकालमा जागिरबाट भागेर पछि पुनर्बहाली भएका र कारबाहीमा परेका कोही पनि यसपटकको बढुवामा अटाएनन् । यस पटकको बढुवा साँच्चीकै पारदर्शी देखिएको बढुवामा नपर्ने सईहरु नै बताउँछन् । इन्स्पेक्टर बढुवामा आईजीपी खनालले न आफ्ना मान्छे पारे न अरुको सिफारिस नै सुने । खनालको सहयोगीको रुपमा वर्षौंदेखि सँगै काम गर्दै आएका सई मुनेन्द्र थापा यसपटकको बढुवा सूचीमा अटाएनन् । सोही आवेगमा शुक्रबारको मध्यरातमा उनले फेसबुकबाटै नेपाल प्रहरी छोडेको घोषणासमेत गर्न भ्याए ।

करिब ७३ हजार कर्मचारी संख्या रहेको नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कर्मचारीको संख्या मात्रै ७० हजारको हाराहारीमा छ । राजनीतिक खिचातानी र प्रहरीभित्रको आन्तरिक गुटबन्दीले थिलथिलो भएको संगठनका सदस्यको मनोबल उकास्न आईजीपी खनालले चालेको कदम अत्यन्तै सराहनीय छ ।

गत चैत २९ मा पदबहालीलगत्तै प्रहरी मुख्यालयको अपरेसन हलमा पहिलो निर्देशन सम्बोधनको क्रममा आईजीपी खनालले भनेका थिए, ‘प्रहरीभित्रै स्विप अपरेशन थालिन्छ, गलत गर्नेको जागिर जान्छ, खाली भए नयाँ भर्ना गरिन्छ ।’

प्रहरीभित्र मौलाउँदै गएको आपराधिक मनोवृत्ति र बर्दीको आवरणमा हुँदै आएको अपराधीकरणप्रति खनालको उक्त भनाइ केन्द्रित थियो । पछिल्लो आधा दशकयता नेपाल प्रहरीमा एक किसिमको सिण्डिकेट कायम छ । सोही सिण्डिकेटलाई तोड्दै नवनियुक्त आईजीपी खनालले प्रहरी संगठनलाई चुस्त, दुरुस्त बनाउन कम्मर कसेर लागिपरेका छन् । आधा दशक भन्दा बढी समयदेखि प्रहरी मुख्यालयमा एउटा समूह हावी छ । जुन समूहले प्रहरीलाई आफूअनुकूल सञ्चालन गर्दै आएको परिप्रेक्ष्यमा आईजीपी खनालको प्रहरी मुख्यालय प्रवेशले उक्त समूह अत्तालिएको प्रष्टै देख्न सकिने जानकारहरु बताउँछन् । काम गर्नेलाई उपयुक्त अवसर र ठाउँ दिने र गलत गर्नेको फुली खोस्ने रणनीति बनाएका खनालले विगतका घटनाक्रमका कारण आफू पूर्वाग्रही नबन्ने र एकपटक सबैलाई योग्यताअनुसारको जिम्मेवारी दिएर सबैको अग्निपरीक्षा लिने तयारी गरेको बताउने गरेका छन् ।

पछिल्लो केही वर्षयता प्रहरीमा मौलाउँदै गएको अनुशासनहीनता, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नु नवनियुक्त आईजीपी खनालको लागि मुख्य चुनौती हो । खनालको विगत कोट्याउने हो भने उनी भ्रष्टाचारविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने गरेको इतिहास साक्षी छ । कुनै समय धनुषाको एसपी हुँदा आपराधिक समूहसँग मिलेर घुस खाने डीएसपी रुपकुमार न्यौपानेको फुली खोसेका आईजीपी खनालले आफ्नो नेतृत्वमा गलत प्रवृत्तिका कति प्रहरीको फुली खोस्ने हुन्, त्यो प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९