पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टासम्म यसरी गरिन बिशेष पूजा



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेकी छन् । विषेश केही नभए पनि सोमबारको दिन पारेर उनी पशुपतिनाथ मन्दिरमा पूजाको लागि गएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले एक घण्टासम्म पशुपतिमा पूजाआजा गरेकी हुन् । एक घण्टा लामो पूजा सकेर उनले पशुपति विकास कोषमा पनि गएकी थिइन् । त्यहाँ मिडियालाई फोटो खिच्न दिइएको थिएन ।

कोषको कार्यालयमा कोषका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्रमा भएका काम, त्यसको प्रगति र आगामी योजनाका बरोमा जानकारी गराएका थिए ।

कोषका पदाधिकारीले ब्रिफिङ्गपछि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्र विश्वका हिन्दुको आस्थाको केन्द्र र नेपालको ठूलो सम्पदा रहेकाले यसको महिमा अझ उचो हुने गरी काम गर्न आग्रह गरिन् । राष्ट्रपति कोषको कार्यालयमा झण्डै आधा घण्टा बसेकी थिइन।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...