पशुपतिनाथमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टासम्म यसरी गरिन बिशेष पूजा



हाम्रो इकोनोमि

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेकी छन् । विषेश केही नभए पनि सोमबारको दिन पारेर उनी पशुपतिनाथ मन्दिरमा पूजाको लागि गएको बताइएको छ ।

राष्ट्रपति भण्डारीले एक घण्टासम्म पशुपतिमा पूजाआजा गरेकी हुन् । एक घण्टा लामो पूजा सकेर उनले पशुपति विकास कोषमा पनि गएकी थिइन् । त्यहाँ मिडियालाई फोटो खिच्न दिइएको थिएन ।

कोषको कार्यालयमा कोषका पदाधिकारीले राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्रमा भएका काम, त्यसको प्रगति र आगामी योजनाका बरोमा जानकारी गराएका थिए ।

कोषका पदाधिकारीले ब्रिफिङ्गपछि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्र विश्वका हिन्दुको आस्थाको केन्द्र र नेपालको ठूलो सम्पदा रहेकाले यसको महिमा अझ उचो हुने गरी काम गर्न आग्रह गरिन् । राष्ट्रपति कोषको कार्यालयमा झण्डै आधा घण्टा बसेकी थिइन।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...