सुन तस्करीमा बहालवाला उपल्लो पदका दर्जनौ प्रहरी समातिने भन्दै गृहमन्त्री बादलले खोले यस्तो तथ्य



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापाले एउटा घटनाबाट सुरु भएको सुन तस्करीको अनुसन्धानमा ठूलो तह र अधिकारीहरुको संलग्नता पुष्टि हुँदै गएको बताएका छन्।

उनले आईतबार पक्राउ परेका प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआईजी) गोविन्द निरौला एउटा पात्र मात्र भएको बताउँदै सुन तस्करीले देशको अर्थतन्त्रमै गम्भीर असर गरेकोले यसमा संलग्न गिरोह र सरकारी अधिकारी कानूनको दायरामा ल्याउने बताए।

सोमबार बिहान मन्त्री निवास पुल्चोकमा कुराकानी गर्दै उनले सुन तस्करीको अनुसन्धान देशको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण अभियान भएको उल्लेख गरे।

‘सुन तस्करी सुशासन र देशको आर्थिक समृद्धिको बाधकको रुपमा रहेको छ’, मन्त्री थापाले भने, ‘यसमा संलग्न सरकारी कर्मचारी वा प्रहरीकै बरिष्ठ अधिकारी भए पनि उनीहरु कानुनको दायरामा आउनेछन्। सरकार यसमा दृढतापूर्वक अघि बढिरहेको छ।’

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट माघ ९ मा भित्रिएको साढे ३३ किलो सुन र सोही सुनका कारण ३ जनाको मृत्यु भएपछि गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजक्तवमा ९ सदस्सीय अनुसन्धान समिति गठन गरी अनुसन्धान गरिरहेको छ। सरकारले ४५ दिनमा कारवाही सक्नेगरी गठन भएको समितिले सोमबारसम्म डिआईजी निरौलासहित २३ जनालाई पक्राउ गरेको छ।

सोमबारसम्म समितिले १८ र जिल्ला प्रहरी कार्यालय मोरङले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउमध्ये १७ जनाविरुद्ध संगठित अपराध ऐन अन्तर्गत म्याद थप भएको छ। मोरङ प्रहरीले ५ जनाविरुद्ध कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ।

समितिले आईतबार डिआईजी निरौला र घटनामा संलग्न राजन प्रसादलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस
इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...

नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...