गर्भमा छोरी रहेको थाहा पाए पछी श्रीमतीको हत्या,हत्यारा लोग्ने फरार



हाम्रो इकोनोमि

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक गर्भवतिको हत्या भएको छ । चारनाथ नगरपालिका–१० डुमरीयाकी १८ वर्षिय अञ्जली दासको हत्या भएको हो ।

शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासलाई उनका श्रीमानले हत्या गरेको भन्दै परिवारजन मुद्दा दर्ता गराएका छन् ।

६ महिनाकी गर्भवति अञ्जलीको गर्भमा छोरी रहेको थाहा पाएपछि उनका श्रीमान दिपेन्द्र दासले रक्सी खाएर कुटपिट गर्दै आएका थिए ।
अञ्जलीको विवाह ११ महिनाअघि सबैला नगरपालिका–१ खरियानी घर भएका चर्तुभुज दासका २२ वर्षे छोरा दिपेन्द्र दाससँग भएको थियो ।

जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानीले भनिन् ‘पेटमा बच्चा आएदेखि छोरीलाई दशा लागेको थियो ।’ अञ्जली गर्भवति भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए । गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपिट गर्ने र गाली गलौज गर्दै आएका थिए ।

एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरे घाईते बनाएको मृतकका भाइले बताए । उनले भने, ‘दिदीको आँखा सुन्निएको थियो, मुखमा डाम पनि थियो । दिदी एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन् तर वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै सबैला लगे ।’

छोरीलाई घर जाने मन नभए पनि जबरजस्ती लगेको भन्दै आमा ज्ञानीले भनिन् ‘७ गते बिहानै अञ्जली श्रीमानसँग गइन् र सोही साँझ छोरीको हत्या भयो ।’

आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गराएको मृतकका फुपु रामअधिन दासले बताए । अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरि निलडाम देखिएको छ ।

यता जनकपुर अञ्चल अस्पतालमा मृतकको शव परीक्षणका लागि ल्याइए पनि परीक्षणपश्चात आमाबुवालाई जिम्मा नलाई घर पक्षलाई जिम्मा लगाइयो र दुई, तीन घण्टाभित्रै उनको अन्तिम संस्कार गरियो । घटनालाई ढाकछोप गर्न सक्दो प्रयास गरिएको अधिकारकर्मीको भनाई छ ।

छोरीले आत्महत्या नगरेर उसको हत्या गरिएको हो भन्दै मृतकका अभिभावकले प्रहरीसमक्ष कर्तव्य ज्यान मुद्दा दर्ता गराउने तयारी गरेका छन् । आरोपित मृतकका श्रीमान् हाल फरार छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...