गर्भमा छोरी रहेको थाहा पाए पछी श्रीमतीको हत्या,हत्यारा लोग्ने फरार



हाम्रो इकोनोमि

धनुषाको गणेशमान चारनाथ नगरपालिकामा एक गर्भवतिको हत्या भएको छ । चारनाथ नगरपालिका–१० डुमरीयाकी १८ वर्षिय अञ्जली दासको हत्या भएको हो ।

शिवनाथ दास र ज्ञानीदेवी दासकी १८ वर्षीया छोरी अञ्जली दासलाई उनका श्रीमानले हत्या गरेको भन्दै परिवारजन मुद्दा दर्ता गराएका छन् ।

६ महिनाकी गर्भवति अञ्जलीको गर्भमा छोरी रहेको थाहा पाएपछि उनका श्रीमान दिपेन्द्र दासले रक्सी खाएर कुटपिट गर्दै आएका थिए ।
अञ्जलीको विवाह ११ महिनाअघि सबैला नगरपालिका–१ खरियानी घर भएका चर्तुभुज दासका २२ वर्षे छोरा दिपेन्द्र दाससँग भएको थियो ।

जिल्ला अदालत धनुषाको प्रांगणमा आइतबार अधिवक्तासँग जाहेरी लेखाउन आएका शिवनाथ र मृतककी आमा ज्ञानीले भनिन् ‘पेटमा बच्चा आएदेखि छोरीलाई दशा लागेको थियो ।’ अञ्जली गर्भवति भएपछि उनका श्रीमानले गर्भपरीक्षण गराएका थिए । गर्भपरीक्षण गर्दा छोरी भएको थाहा पाएपछि उनलाई रक्सी खाएर कुटपिट गर्ने र गाली गलौज गर्दै आएका थिए ।

एकमहिना अघि मात्रै अञ्जलीलाई रक्सीको झोकमा श्रीमानले अत्याधिक कुटपिट गरे घाईते बनाएको मृतकका भाइले बताए । उनले भने, ‘दिदीको आँखा सुन्निएको थियो, मुखमा डाम पनि थियो । दिदी एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन् तर वैशाख ६ गते दिपेन्द्र ससुराली आएर श्रीमतीलाई घर लाने भन्दै सबैला लगे ।’

छोरीलाई घर जाने मन नभए पनि जबरजस्ती लगेको भन्दै आमा ज्ञानीले भनिन् ‘७ गते बिहानै अञ्जली श्रीमानसँग गइन् र सोही साँझ छोरीको हत्या भयो ।’

आफूलाई प्रहरीले फोन गरेर तपाईको छोरीले पासो लगाएर आत्महत्या गरिन् भन्दै जानकारी गराएको मृतकका फुपु रामअधिन दासले बताए । अञ्जलीले पासो लगाएको भनिए पनि उनको शरीरभरि निलडाम देखिएको छ ।

यता जनकपुर अञ्चल अस्पतालमा मृतकको शव परीक्षणका लागि ल्याइए पनि परीक्षणपश्चात आमाबुवालाई जिम्मा नलाई घर पक्षलाई जिम्मा लगाइयो र दुई, तीन घण्टाभित्रै उनको अन्तिम संस्कार गरियो । घटनालाई ढाकछोप गर्न सक्दो प्रयास गरिएको अधिकारकर्मीको भनाई छ ।

छोरीले आत्महत्या नगरेर उसको हत्या गरिएको हो भन्दै मृतकका अभिभावकले प्रहरीसमक्ष कर्तव्य ज्यान मुद्दा दर्ता गराउने तयारी गरेका छन् । आरोपित मृतकका श्रीमान् हाल फरार छन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...