नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै, ढाकाबाट चार दिनमा नेपाल आईपुग्ने



तीन देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर दुईवटा गाडी बंगलादेशको ढाकाबाट काठमाडौंतर्फ प्रस्थान गरेका छन् ।बंगलादेश, भुटान, इण्डिया नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप सोमवार विहानबाट त्रिदेशीय अन्तर्राष्ट्रिय बस सेवाको परीक्षण सवारी शुरु भएको हो । चार देशबीच सम्झौता भएका तीन वर्षपछि रुट परीक्षण शुरु भएको हो ।

 

दक्षिण एशियाली मुलुकहरु बंगलादेश,भुटान,भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका सिलसिलामा दुईवटा बस ढाकाबाट अघि बढेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) बिनोद भट्टराईले जानकारी दिए । उनी सहित बिभिन्न मन्त्रालयका ६ जना नेपाली अधिकारीहरु ती बसमा सवार छन् ।

ढाकाबाट अघि बढेका बस सोमवार साँझ बंगलादेश र भारतको सिमावर्ती रंगपुर शहरमा रहनेछन् । मंगलवार रंगपुरबाट अघि बढ्दै भारतको सिलिगुडीमा पुग्नेछन् भने बुधवार नेपालको भरपुरमा पुग्नेछन् । विहीवार तीन देशका ३० पाहुना सहित भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुुसुदन अधिकारीले काभ्रेको धुलिखेलम स्वागत गर्ने कार्यक्रम छ ।

बिबिआइन मोटर भेहिकल सम्झौता २०१५ मा भएको थियो । जसमध्ये भुटानको माथिल्लो सदनले सो सम्झौता अनुमोदन गरिनसकेका कारण रुट सर्भे तथा परीक्षणका क्रममा भुटान सहभागी छैन । नेपालको मन्त्रिपरिषदले लेटर अफ एक्सचेन्ज अनुमोदन गरेपछि सम्भवतः ६ महिनाभित्रमा नियमित चारदेशीय बस सेवा सन्चालन हुनेछ ।

सर्वसाधारण यात्रुका लागि वातानुलित बसमा वाइफाइ लगायतका सबै अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपका सुबिधाहरु उपलव्ध हुनेछन् । बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं पुग्नेछ । ढाकाबाट अघि बढेका बसले काठमाडौंसम्म पुग्दा करीव १२ सय किलोमिटरको दूरी पार गर्नेछन् ।

काठमाडौंमा सम्पन्न अठारौं सार्क सम्मेलनमा भारतले सार्क मुलुकलाई एक अर्कासँग यातायात सम्पर्कबाट जोड्न सार्कका आठै मुलुकमा बस चलाउने प्रस्ताव राखेको थियो । तर पाकिस्तानले अश्वीकार गरेपछि नेपाल,भुटान,भारत र बंगलादेशीबीच यातायात सम्झौता भएको हो ।

यो रुटमा नियमित बस सेवा सन्चालन भएपछि नेपालबाट पूर्व भारत हुँदै ढाका र भुटान जान हवाइमार्गको आवश्यकता पर्ने छैन । बस भाडा लगायतका अन्य विषयमा भने निर्णय हुन बाँकी छ । शुरुमा दुई तीनवटा बसबाट सेवा प्रारम्भ हुनेछ । चारवटै देशले बराबरी संख्यामा बस सन्चालन गर्नेछन् ।

भौतिक पुर्वाधार तथा यातयात मन्त्रालयका सहसचिव केशव शर्माका अनुसार यो पहिलो प्राविधिक परीक्षण हो । ‘ट्रायल रन’ का आधारमा रुट परीक्षण हुनेछ । त्यससपछि भन्सार, अध्यागमन लगायतका प्रक्रिया पूरा गरेर नियमित बस सन्चालन गर्न ६ महिनाजति लाग्न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्