प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको निवासमा बम विष्फोट, रुँदै के भने यादवले



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको हात्तिवनस्थित निवासको सुरक्षार्थ सरकारले लामो समयदेखि २ जना प्रहरी खटाएको थियो । गृहमन्त्रालयले भीआईपीको घरमा खटिएका सुरक्षाकर्मी हटाउने निर्णय गरेपछि एक साताअघिमात्र प्रहरीहरु बाहिरिएका थिए ।प्रहरी सुरक्षा हटाइएलगत्तै गत शुक्रबार दुईजना अपरिचित व्यक्ति ‘आयुक्तज्यू हुनुहुन्छ ? हामी अन्तर्वार्ताका लागि आएका हौं,’ भन्दै यादवको निवासमा पुगेका थिए । आफूलाई एउटा नाम चलेको अनलाइनका पत्रकार हौं भन्ने व्यक्ति केहीबेर घर वरिपरि डुलेर फर्किएका थिए ।

आइतबार साँझ यादवको निवासमा बम विष्फोट

बिष्फोटनबाट मानवीय क्षति नभए पनि पर्खाल भत्किएको छ भने झ्यालका शीशाहरु फुटेका छन् । छोरी-ज्वाइँसहित घरमा बस्ने गरेका यादव बम विष्फोटनपछि बोल्न चाहेका छैनन् । अनलाइनखबरले कुरा गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।बम विष्फोटनलगत्तै सुरक्षाकर्मी पुग्दा मिडियासामु प्रमुख आयुक्त यादव धरधरी रोएका थिए । उनले आफूमाथि बारम्बार ज्यान लिनेगरी हमला हुँदा पनि सरकारले सुरक्षा दिनुको साटो खटिएका सीमित सुरक्षाकर्मी पनि फिर्ता गरेको बताए ।बम विष्फोटपछि यादवको परिवारमा त्रास थपिएको छ । छिमेकीलेसमेत आफूहरु असुरक्षित भएको बताएका छन् ।

 

‘पत्रकार थिए भने उनीहरुले पहिले नै समय लिएर आउने थिए, हामीलाई उतिबेलै शंका लागेको थियो, सायद उनीहरु घरको अवस्था बुझ्न रेकी गर्न आएको थिए कि,’ यादवका एक पारिवारिक सदस्यले अनलाइनखबरसँग भने, ‘हामीले सुरक्षा थ्रेटको जानकारी गराउँदा गराउँदै यस्तो घटना भयो ।’

संवैधानिक अंगका प्रमुखको सुरक्षा आफैंमा संवेदनशील रहेको र भर्खरैमात्र मुलुकमा सबै तहका निर्वाचन सम्पन्न गराउने क्रममा कतिपय व्यक्ति र शक्तिको धम्की खेपिरहेका कारण यादवको निवासबाट सुरक्षाकर्मी हटाइनु सरकारको कमजोरी रहेको उच्च सुरक्षा अधिकारीले बताए ।बम विष्फोटपछि यादवको निवास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार रातिदेखि नै यादवको निवासमा सुरक्षाकर्मी परिचालित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...