१ करोडको बरामद भयो सुनको झोल,भारतीय नागरिक कब्जामा परे यसरी खुल्यो पोल



हाम्रो इकोनोमि

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी तथा भन्सार कर्मचारीलाई झुक्याउन तस्करहरुले नयाँ शैली अपनाउन थालेका छन्। झोल बनाएर समेत सुनको तस्करी सुरु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको सुनको झोल बरामद गरेको छ। भारतीय नागरिक महेश रामचन्द्रसँग एक किलो ९ सय ग्राम तरल सुन बरामद भएको होे।
उनले कपडाको पेटीभित्र तरल सुन लुकाएका थिए। पेटीको डिजाइन नै त्यस्तो भएको भन्दै झुक्याएर तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ।

भारतको पुणे घर भएका फ्लाई दुबईको विमानबाट शुक्रबार बेलुका काठमाडौं आएका थिए। चेकिङको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका भारतीय नागरिकमाथि भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ। केही दिनयता विमानस्थलमा हरेक दिनजसो भारतीयहरु अवैध सुनसहित पक्राउ परिरहेका छन्। कसैले पेटी त कसैले जुत्तामा लुकाएर सुन तस्करीका प्रयास गर्दे आएको प्रहरीले जनाएको छ।

दुबईमा भन्दा नेपालमा एक तोला सुनमा १० हजार रुपैयाँसम्म सस्तो पर्ने भएकाले उनीहरुले यस्तो तरिका अपनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...