१ करोडको बरामद भयो सुनको झोल,भारतीय नागरिक कब्जामा परे यसरी खुल्यो पोल



हाम्रो इकोनोमि

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी तथा भन्सार कर्मचारीलाई झुक्याउन तस्करहरुले नयाँ शैली अपनाउन थालेका छन्। झोल बनाएर समेत सुनको तस्करी सुरु भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुका प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको सुनको झोल बरामद गरेको छ। भारतीय नागरिक महेश रामचन्द्रसँग एक किलो ९ सय ग्राम तरल सुन बरामद भएको होे।
उनले कपडाको पेटीभित्र तरल सुन लुकाएका थिए। पेटीको डिजाइन नै त्यस्तो भएको भन्दै झुक्याएर तस्करीको प्रयास गरेको प्रहरीले जनाएको छ।

भारतको पुणे घर भएका फ्लाई दुबईको विमानबाट शुक्रबार बेलुका काठमाडौं आएका थिए। चेकिङको क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ परेका भारतीय नागरिकमाथि भन्सार कार्यालयले अनुसन्धान अघि बढाएको छ। केही दिनयता विमानस्थलमा हरेक दिनजसो भारतीयहरु अवैध सुनसहित पक्राउ परिरहेका छन्। कसैले पेटी त कसैले जुत्तामा लुकाएर सुन तस्करीका प्रयास गर्दे आएको प्रहरीले जनाएको छ।

दुबईमा भन्दा नेपालमा एक तोला सुनमा १० हजार रुपैयाँसम्म सस्तो पर्ने भएकाले उनीहरुले यस्तो तरिका अपनाएका हुन्।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...