सुन तस्करीको नयाँ तरिका,२ केजी सुनको झोल सहित प्रहरीले विमानस्थलबाटै समात्यो यस्ता सुन तस्कर



हाम्रो इकोनोमि

सुनका बिस्कुट र गहना बनाएर त्रिभुवन विमानस्थलबाटै तस्करी हुने गरेको सुन तस्करीको तरिका फेरिएको खुलेको छ ।
आइतबार प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनको झोल (लिक्वीड गोल्ड) बरामद गरेसँगै तस्करीको नयाँ तथ्य पत्ता लागेको हो ।

‘दुबईबाट आएको १ हजार ९ सय ६८ ग्राम लिक्वीड गोल्ड सहित एकजना भारतिय पक्राउ परेका छन्,’ त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रवक्ता (एसपी) गणेश चन्दले भने, ‘चार दिनअघि पनि करिब १७ सय ग्राम सुन यसरी नै लिक्वीड बनाएर ल्याएको अवस्थामा हामीले बरामद गरेका थियौँ ।’

सुनको झोलसँगै पक्राउ परेका एक भारतीय नागरिकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको एसपी चन्दले बताएका छन् ।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...