सुन तस्करीको नयाँ तरिका,२ केजी सुनको झोल सहित प्रहरीले विमानस्थलबाटै समात्यो यस्ता सुन तस्कर



हाम्रो इकोनोमि

सुनका बिस्कुट र गहना बनाएर त्रिभुवन विमानस्थलबाटै तस्करी हुने गरेको सुन तस्करीको तरिका फेरिएको खुलेको छ ।
आइतबार प्रहरीले त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनको झोल (लिक्वीड गोल्ड) बरामद गरेसँगै तस्करीको नयाँ तथ्य पत्ता लागेको हो ।

‘दुबईबाट आएको १ हजार ९ सय ६८ ग्राम लिक्वीड गोल्ड सहित एकजना भारतिय पक्राउ परेका छन्,’ त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रवक्ता (एसपी) गणेश चन्दले भने, ‘चार दिनअघि पनि करिब १७ सय ग्राम सुन यसरी नै लिक्वीड बनाएर ल्याएको अवस्थामा हामीले बरामद गरेका थियौँ ।’

सुनको झोलसँगै पक्राउ परेका एक भारतीय नागरिकको नाम प्रहरीले सार्वजनिक गरेको छैन । केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको एसपी चन्दले बताएका छन् ।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...