हजारौ युवतीलाई दिल्लीको कोठीमा बेच्ने सुनबहादुर फेरी ३७ वर्षका लागी यसरी भए जेल चलान



हाम्रो इकोनोमि

सर्वाेच्च अदालतको आदेशमा छुटेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडा अध्यक्ष सुनबहादुर तामाङ पुन जेल चलान भएका छन्। नुवाकोट जिल्ला अदालतको फैसलाअनुसार अर्काे मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार जेल चलान गरेको हो।

मानव बेचबिखनत तथा ओसारपसार मुद्दामा गत चैत ७ गते उनलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय भएको थियो। सोही फैसला कार्यान्वायनका लागि उनलाई पक्राउ गरी अदालत पेश गरिएकोमा उनलाई अदालतले जेल चलान गरेको सिआईबीका एसपी जीवन श्रेष्ठले बताए।

२०५३ सालको मानव बेचबिखन मुद्दामा उनलाई ६ वर्ष कैद सजाय भएको थियो। तर, उनको बुबाको नाम र स्थायी ठेगाना नमिलेको भन्दै सर्वाेच्चले बिहिबार उनलाई रिहा गर्न आदेश दिएको थियो। केन्द्रीय कारागारबाट छुटेलगत्तै सिआईबीले उनलाई पक्राउ गरेको थियो। फेरि उनी केन्द्रीय कारागार नै चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस
नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...

बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता

  बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने...

राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...