हजारौ युवतीलाई दिल्लीको कोठीमा बेच्ने सुनबहादुर फेरी ३७ वर्षका लागी यसरी भए जेल चलान



सर्वाेच्च अदालतको आदेशमा छुटेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडा अध्यक्ष सुनबहादुर तामाङ पुन जेल चलान भएका छन्। नुवाकोट जिल्ला अदालतको फैसलाअनुसार अर्काे मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार जेल चलान गरेको हो।

मानव बेचबिखनत तथा ओसारपसार मुद्दामा गत चैत ७ गते उनलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय भएको थियो। सोही फैसला कार्यान्वायनका लागि उनलाई पक्राउ गरी अदालत पेश गरिएकोमा उनलाई अदालतले जेल चलान गरेको सिआईबीका एसपी जीवन श्रेष्ठले बताए।

२०५३ सालको मानव बेचबिखन मुद्दामा उनलाई ६ वर्ष कैद सजाय भएको थियो। तर, उनको बुबाको नाम र स्थायी ठेगाना नमिलेको भन्दै सर्वाेच्चले बिहिबार उनलाई रिहा गर्न आदेश दिएको थियो। केन्द्रीय कारागारबाट छुटेलगत्तै सिआईबीले उनलाई पक्राउ गरेको थियो। फेरि उनी केन्द्रीय कारागार नै चलान भएका छन्।

प्रतिक्रिया दिनुहोस
आगलागीबाट मोरङमा २ बालबालिकाको मृत्यु, ८ घर जले

     मोरङको धनपालथान गाउँपालिका- ६ कदमा गाउँमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्रहरी महानिरीक्षकमा दिपक थापा

    सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेको

माओवादी तत्काल सरकारमा नजाने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारमा रहेका पार्टीका प्रमुखसहित

लागू औषध नियन्त्रणका लागि सांसद तामाङको सरकारलाई कडा नीति अपनाउने आग्रह

    प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले नेपालमा लागू औषध दुर्व्यसन बढ्दै गएको