४ जुवा अखडामा प्रहरीको छापा,यी ३० जनाको हातमा प्रहरीले यसरी बाध्यो सिक्री



हाम्रो इकोनोमि

 शनिबार प्रहरीले काठमाडौंका ४ जुवा अखडामा छापा हानेको छ। चार ठाउँबाट ३० जना जुवाडे पक्राउ परेका छन्।

 टोखा नगरपालिका–१३ जलविनायक चोक स्थित तिलक सुनुवारको घरमा जुवातास खेलिरहेका सुनुवार समेत ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। उनीहरुबाट  ५२ हजार ३ सय ९० रुपैयाँ तथा ईण्डोनेसियन डलर १५ हजार, कोरियन डलर ११ हजार, ईराकी डलर १ हजार, बंगलादेशी डलर ७७ र ४ चिनिया युआन बरामद भएको प्रहरीले जनाएको छ।

  चन्द्रागिरी नगरपालिका–१३ नैकापमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय  रामकृष्ण शाही सहित ११ जनालाई नगद ५५ हजार ६ सय ५ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१३ कालिमाटी टंकेश्वर डेरा गरी बस्ने रामेछाप सुनाकोठी गाउँपालिका–२ घर भएका ३५ वर्षीय रामबहादुर खड्काको डेरा कोठामा जुवातास खलिरहेका खड्का समेत ९ जनालाई शनिबार प्रहरीले नगद ३८ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको छ।

 उता महानगरपालिका–१४ कलंकी मकालु पेट्रोलपम्प अगाडि खाली जग्गामा जुवातास खेलिरहेका ४ जना पनि पक्राउ परेका छन्।  नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भई टेकु बस्ने ३२ वर्षीय सूर्यबहादुर बोगटी समेत ४ जनालाई नगद १३ हजार १ सय रुपैयाँ र १ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको  हो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...