४ जुवा अखडामा प्रहरीको छापा,यी ३० जनाको हातमा प्रहरीले यसरी बाध्यो सिक्री



हाम्रो इकोनोमि

 शनिबार प्रहरीले काठमाडौंका ४ जुवा अखडामा छापा हानेको छ। चार ठाउँबाट ३० जना जुवाडे पक्राउ परेका छन्।

 टोखा नगरपालिका–१३ जलविनायक चोक स्थित तिलक सुनुवारको घरमा जुवातास खेलिरहेका सुनुवार समेत ६ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। उनीहरुबाट  ५२ हजार ३ सय ९० रुपैयाँ तथा ईण्डोनेसियन डलर १५ हजार, कोरियन डलर ११ हजार, ईराकी डलर १ हजार, बंगलादेशी डलर ७७ र ४ चिनिया युआन बरामद भएको प्रहरीले जनाएको छ।

  चन्द्रागिरी नगरपालिका–१३ नैकापमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २८ वर्षीय  रामकृष्ण शाही सहित ११ जनालाई नगद ५५ हजार ६ सय ५ रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१३ कालिमाटी टंकेश्वर डेरा गरी बस्ने रामेछाप सुनाकोठी गाउँपालिका–२ घर भएका ३५ वर्षीय रामबहादुर खड्काको डेरा कोठामा जुवातास खलिरहेका खड्का समेत ९ जनालाई शनिबार प्रहरीले नगद ३८ हजार १ सय ६० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको छ।

 उता महानगरपालिका–१४ कलंकी मकालु पेट्रोलपम्प अगाडि खाली जग्गामा जुवातास खेलिरहेका ४ जना पनि पक्राउ परेका छन्।  नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भई टेकु बस्ने ३२ वर्षीय सूर्यबहादुर बोगटी समेत ४ जनालाई नगद १३ हजार १ सय रुपैयाँ र १ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको  हो।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...