हुँदै नभएको जग्गा ८ करोड ३७ लाखमा यसरी भयो बिक्री,आइजी साब सन्यासीका हातमा कहिले लाग्छ सिक्री



हर्वो इन्टरनेशनल नेटवर्किङ व्यवसाय गरेर करोडौं ठगी गरी हाल सन्यासी जीवन बिताइरहेका पुष्पराज पौडेल (पुष्पराज पुरुष)ले अर्काको नाममा रहेको जग्गाको नक्कली लालपूर्जा बनाएर बेचेको खुलासा भएको छ । काठमाडौं प्रहरीले नक्कली पूर्जा बनाएर ठगी गरेको आरोपमा पुष्पराज र गोकुल श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठ र पुष्पराज मिलेर पर्साको तत्कालिन मनियारी गाविस वडा नम्बर ६ मा रहेको १६ कठ्ठा जग्गा ८ करोड ३७ लाख रुपैयाँमा बिक्री गरेको खुलेको छ ।

हर्वोको ऋण तिर्न किर्ते लालपूर्जा
तत्कालीन समयमा हर्वो इन्टरनेशनल नेटवर्किङका अध्यक्ष थिए पुष्पराज पौडेल । हर्वोमा आर्थिक लगानी थियो, हाम्रो ग्रुप अफ इन्भेष्टमेन्टको । यी दुवै संस्थाका अध्यक्ष पौडेल नै थिए । अहिले सो ग्रुपको नाम गोर्खा ग्रुप अफ कम्पनी राखिएको छ । तत्कालीन समयमा करोडौं ठगेको हर्वो सीआइबीको निशानामा पर्यो । अझै पनि त्यो मुद्दा जारी रहेको प्रहरी बताउँछ ।

हर्वो चलाउन पुष्पराजले हाम्रो ग्रुपबाट ऋण लिएका थिए । तर पछि लिएको रकम तिर्न नसकेपछि उनले आफूले लिएको पैसा बराबरको जमिन उपलब्ध गराउने बताए । हर्वोमाथि कारबाही भएपनि हाम्रो ग्रुप सञ्चालक समितिको अध्यक्ष भने पुष्पराज नै थिए । त्यसपछि उनले पर्साको तत्कालीन मनियारी गाविस वडा नम्बर ६ मा रहेको १६ कठ्ठा जमिन देखाए ।

कित्ता नम्बर ७४१ भन्दै उनले नक्कली पूर्जा बनाएर मालपोतको छाप र सम्बन्धित सरकारी अधिकारीको दस्तखत पनि किर्ते गरेर हाम्रो ग्रुपलाई पूर्जा दिए, जुन जमिनको मूल्याङ्कन ८ करोड ३७ लाख कायम गरियो । त्यसपछि पुष्पराज पौडेलले आफ्नो थर परिवर्तन गर्दै पुष्पराज पुरुष बनाए । उनी हाम्रो ग्रुपको सञ्चालक समितिबाट पनि हटे । हाल उनी काठमाडौंको महालक्ष्मी नगरपालिका लामाटारस्थित जयसंगत आश्रममा सन्तको भेषमा बस्दै आएका थिए ।

नयाँ समिति आएपछि पोल खुल्यो
पुष्पराज पुरुषपछि हाम्रो ग्रुप अफ कम्पनीमा नयाँ सञ्चालक समिति आयो । समितिले कम्पनीको नामसमेत परिवर्तन गर्दै गोर्खा ग्रुप अफ कम्पनी राख्यो ।

गितेन्द्रबाबु राई कार्यकारी अध्यक्ष रहेको समितिले कम्पनीको नाममा रहेको भनिएको जमिन हेर्न एउटा टोली पर्सा पठायो । तर टोलीले आफ्नो कम्पनीको नाममा रहेको भनिएको जमिन पर्साका रुदन राउतको नाममा रहेको भेट्टायो । यो कार्यमा पुष्पराजसँगै हाल गोर्खा कम्पनीकै सञ्चालक समिति सदस्य रहेका गोकुल श्रेष्ठ पनि संग्लन रहेको भेट्टिएको महानगरीय प्रहरी परिसरका डिएसपी मोहन थापाले बताए ।

थापाका अनुसार उनीहरुमाथि किर्ते र ठगि मुद्दा चलाइएको छ । थापाका अनुसार नक्क्ली लालपूर्जा काठमाडौंको सुन्धारास्थित एक होटलमा बनाएको अनुसन्धाबाट खुलेको छ । थापाका अनुसार पुष्पराजले आफूले गल्ती गरेको बयानमा स्वीकारसमेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९