ओलीले आफुलाई निल्ने भेउ पाए पछी प्रचण्डले भने-तातै खाएर जली मर्नु छैन,बरु एक्लै हुँदानै हुन्छ चैन



हाम्रो इकोनोमि

माओवादी केन्द केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले एकता प्रक्रियामा हतारिनु आवश्यक नरहेको निष्कर्ष निकालेको छ। तर, एकता प्रक्रियाका लागि भइरहको छलफल भने सकारात्मक रुपमा अगाडि बढेको उसले ठहर गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे नेताहरुलाई जानकारी दिएका थिए। दाहालले दुवै पार्टीका कार्यादलले दुवै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे स्पष्ट पारेका थिए।

बैठकमा सैद्धान्तिक, राजनीतिक, सांगठनिक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्ष दाहालले जानकारी गराएका थिए। यसमा थप छलफल जारी रहेको उनको भनाइ थियो।

बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन्। दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, ‘यही मितिमा हुन्छ भनेर तोक्न सकिन्न।’

राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ।’

प्रतिक्रिया दिनुहोस
नबिल बैंकले सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

    नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गरी मुलुकका विभिन्न...

बागमती प्रदेशका निजीक्षेत्रले पनि सबै सरकारी सूचना पाउने

    बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सरकारी टेन्डरबाहेकका सबै सूचना निजीक्षेत्रलाई पनि...

क–कसलाई भेटे अमेरिकी विदेशमन्त्री कपुरले

  दक्षिण एसिया मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर नेपाल भ्रमण पूरा...

नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

    सुर्खेतस्थित प्रेदश अस्पतालमा सञ्चालित  ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४...