ओलीले आफुलाई निल्ने भेउ पाए पछी प्रचण्डले भने-तातै खाएर जली मर्नु छैन,बरु एक्लै हुँदानै हुन्छ चैन



हाम्रो इकोनोमि

माओवादी केन्द केन्द्रीय कार्यालयको आइतबार बसेको बैठकले एकता प्रक्रियामा हतारिनु आवश्यक नरहेको निष्कर्ष निकालेको छ। तर, एकता प्रक्रियाका लागि भइरहको छलफल भने सकारात्मक रुपमा अगाडि बढेको उसले ठहर गरेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बसेको बैठकमा अध्यक्षले पार्टी एकताको पछिल्लो अवस्थाबारे नेताहरुलाई जानकारी दिएका थिए। दाहालले दुवै पार्टीका कार्यादलले दुवै अध्यक्षलाई बुझाएको प्रतिवेदनमा भएको छलफलबारे स्पष्ट पारेका थिए।

बैठकमा सैद्धान्तिक, राजनीतिक, सांगठनिक विषयमा समझदारी कायम गर्ने कुरा सकारात्मक ढंगले अघि बढिरहेको अध्यक्ष दाहालले जानकारी गराएका थिए। यसमा थप छलफल जारी रहेको उनको भनाइ थियो।

बैठकमा कार्यालय सदस्यले एकताका विषयमा अध्यक्ष दाहाललाई सुझाव दिएका थिए।
बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले एकताका लागि समय लिइने बताइन्। दुई पार्टी मिलाएर एकता भई नयाँ पार्टी बन्ने विषयमा हतारिन नहुने उल्लेख गर्दै उनले भनिन्, ‘यही मितिमा हुन्छ भनेर तोक्न सकिन्न।’

राजनीतिक र सांगठनिक विषयमा छलफल सकारात्मक रुपमा अगाडि बढेको बताउँदै उनले भनिन्, ‘दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकता अनुसार पार्टी एकता सुनिश्चित गर्नेतर्फ प्रक्रिया अगाडि बढेको छ।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...