बालिकालाई बलात्कार गर्न खोज्ने नविल बैंकका कर्मचारीलाई स्थानीयले यसरी भकुरे(भिडियो सहित)



हाम्रो इकोनोमि

नविल बैंकका एक कर्मचारी बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । नविल बैंकको चितवन स्थित भरतपुर शाखामा सेक्युरिटि गार्डमा कार्यरत एक बहादुर घर्तिलाई चितवन प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको हो ।

चितवन प्रहरीका डिएसपी प्रभू ढकालका अनुसार पक्राउ परेका घर्तिले एक बालिकालाई ‘पत्रिका ल्याइदिनु’ भन्दै बोलाएर बलात्कार प्रयास गरेका थिए ।
‘उहाँमाथि एक बालिकालाई पत्रिका ल्याइदिनु भन्दै बोलाएर आफ्नै कोठामा लगेर जबरजस्ति गर्न खोज्यो भन्ने आरोप लागेको छ,’ उनले भने,‘प्रहरीले तत्काल उहाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।’

बालिका चिच्याएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ४ लायन्सचोकमा जम्मा भएका स्थानियले बलात्कार आरोप लागेका घर्तिलाई कुटपीट प्रयास समेत गरेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...