बालिकालाई बलात्कार गर्न खोज्ने नविल बैंकका कर्मचारीलाई स्थानीयले यसरी भकुरे(भिडियो सहित)



हाम्रो इकोनोमि

नविल बैंकका एक कर्मचारी बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । नविल बैंकको चितवन स्थित भरतपुर शाखामा सेक्युरिटि गार्डमा कार्यरत एक बहादुर घर्तिलाई चितवन प्रहरीले बलात्कार अभियोगमा पक्राउ गरेको हो ।

चितवन प्रहरीका डिएसपी प्रभू ढकालका अनुसार पक्राउ परेका घर्तिले एक बालिकालाई ‘पत्रिका ल्याइदिनु’ भन्दै बोलाएर बलात्कार प्रयास गरेका थिए ।
‘उहाँमाथि एक बालिकालाई पत्रिका ल्याइदिनु भन्दै बोलाएर आफ्नै कोठामा लगेर जबरजस्ति गर्न खोज्यो भन्ने आरोप लागेको छ,’ उनले भने,‘प्रहरीले तत्काल उहाँलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।’

बालिका चिच्याएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर ४ लायन्सचोकमा जम्मा भएका स्थानियले बलात्कार आरोप लागेका घर्तिलाई कुटपीट प्रयास समेत गरेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...