एमाले संग पार्टी एकता गर्ने छलफल चल्दै गर्दै आरआर कलेजमा दुई अखिल बीच भयो डरलाग्दो हानाहान



एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको अन्तिम तयारी भइरहेका यी दुई दलका विद्यार्थी भातृ संगठनबीच हानाहान भएको छ ।काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा आइतबार एमाले निकट अनेरास्ववियुले माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीमाथि आक्रमण गरेका हुन् ।

अखिल क्रान्तिकारीका एक नेताले भने, ‘नेपाल टेलिकमको सिम कार्ड वितरण गर्न हामीले राखेको स्टलमा एमाले निकट अखिलले आक्रमण गरेर भत्काइदिए ।’

यद्यपि, एमाले निकट अखिलले क्याम्पसभित्र नेपाल टेलिकमको सिम निःशुल्क वितरण गरेर सदस्यता वितरण गरेकाले आफूहरूले बाध्य भएर स्टल भत्काउनु परेको दाबी गरेको छ ।

अखिल क्रान्तिकारीको स्टल भत्काइदिएपछि अखिल क्रान्तिकारी र एमाले निकट अखिलबीच केही समय झडप भएको थियो । अहिले अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको छ ।

माओवादीले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ ।
माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका छन् ।

आजको बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो नहुँने भन्दै आफुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग यस विषयमा कुराकानी गरेको बैठकमा प्रचण्डले जानकारी दिएका थिए ।

माओवादी नेता देवेन्द्र पौडेलले आजको बैठकमा ओलीसँग भएको संवादवारे प्रचण्डले विफ्रिङ गरेका थिए ।

आज दुई दलका शीर्ष नेताले एउटै मञ्चबाट एकताको सन्देश दिनुअघि माओवादी आन्तरिक छलफलमा जुटेको थियो ।

दुई पार्टीबीच नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन अर्थात् आज एकता घोषणा गर्ने तयारी थियो ।

तर केही विषय नमिलेपछि एकता घोषणाको टरेको थियो । अर्को मिति निश्चित भएको छैन ।

बरु आज उनीहरुले एकताको सन्देश दिन गरी कम्युनिष्ट पार्टी स्थापना दिवस संयुक्त रुपमा मनाउँदै छन् ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी अध्यक्ष प्रचण्डले एउटै मञ्चबाट छिट्टै एकता घोषणा हुने सन्देश दिँदैछन् ।

हिजोमात्रै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणलाई निष्कर्षमा पु¥याउने विषयमा दुवै पार्टीका अध्यक्षबीच वार्ता भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा दुई घण्टासम्म चलेको एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गम्भीर छलफल भएको थियो ।

पार्टी एकीकरणका विषयमा भएको दुवै अध्यक्षबीच सकारात्मक छलफल भएको बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्