सुन तस्करी गर्ने प्रहरी पनि डीआइजी बन्न सर्वेन्द्रको चाकडीमा,२५ जना ज्यान फालेर यसरी लागे



हाम्रो इकोनोमि

नेपाल प्रहरीमा अहिले १८ जना डीआइजीको पद रिक्त छ । यतिबेला नेपाल प्रहरीको सांगठनिक ढाँचा तलभन्दा माथि ठूलो हुँदै जाने क्रममा पनि छ । थपिएको कोटासँगै अब प्रहरीमा २६ डिआईजी बनाउनुपर्नेछ । रिक्त १८ कोटका लागि २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रतिष्पर्धामा छन् ।

निर्वतमान प्रहरी प्रमुख प्रकाश अर्यालसँगै १५ जना एआईजी, ९ जना डीआइजी र १ जना एसएसपीले पनि ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाएका थिए । २०७१ माघ २ गते बढुवा भएका एसएसपीहरुमा दिनेश अमात्य, दिपक थापा, केदार रिजाल, नारायण खड्का, कमल जिटी, शेरबहादुर बस्नेत, पीताम्बर अधिकारी, रामप्रसाद श्रेष्ठ, महेन्द्र पोखरेल, सुरज केसी र श्याम खत्री पनि डिआईजीका दाबेदार हुन् ।

श्याम खत्री सुन प्रकरणमा जोडिएर निलम्बन भई हालै बहाली भएका कारण उनको बढुवा सम्भावना कम रहेको गृहस्रोत बताउँछ । । पीताम्बर अधिकारी ललितपुर महानगरीय प्रहरी, परिसरमा कार्यरत रहँदा राम्रो छवि बनाएका प्रहरी अधिकृत हुन् ।

हाल अधिकारी मेची अञ्चलमा कार्यरत छन् । त्यस्तै रविन्द्र प्रसाद शर्मा, प्रेम चन्द, श्याम खड्का, महेश विक्रम शाह, दान बहादुर सिंह, शुसील कुमार भण्डारी, मोहनराज जोशी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी, ठाकुर प्रसाद ज्ञवाली, तारिणी प्रसाद लम्साल, हरिभक्त प्रजापति, सुर्यप्रसाद उपाध्याय डिआईजीका दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...